सिर्सिया नदी प्रदुषण मुक्त बनाउन महानगरको अनुगमन तिब्र : २ उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउँदै, केहीको बदमासी अझै यथावत
आबिद हुसेन
कात्तिक २०, २०८० सोमबार १६:५४:५२
२० कात्तिक, वीरगंज । वीरगंज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाही पछि सिर्सिया नदी प्रदुषण गर्न मुख्य जिम्मेवार रहेका उद्योगहरूले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् ।
महानगरका मेयर राजेशमान सिंहले कार्यभार सम्हाले लगत्तै गएको वर्षबाटै अनुगमन र कारबाहीलाई तिब्रता दिएपछि प्रदूषण नियन्त्रणका लागि उद्योगीहरुले उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर ट्रिटमेन्ट गर्न प्लान्ट बनाउन सुरु गरेका हुन् ।
नदी प्रदुषण मुक्त बनाउन नदीको आसपास रहेका उद्योगहरू नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाही सँगै उद्योगमा नै शीलबन्दी गर्ने मेयर सिंहले चेतावनी पछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन् ।
यस अघि नदी प्रदूषणमा मुख्य जिम्मेवार देखिएका ५ वटा उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदूषण गर्न नछाडेपछि ३÷३ लाख रूपैयाँ जरिबाना गरिएको थियो ।
उद्योगबाट निस्कने केमिकल सहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित बन्न पुगेको हो । महानगरको निरन्तरको अनुगमनपछि मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको छ ।
ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले जनाएको छ । समितिले आइतबार र सोमबार नदी आसपासमा रहेका उद्योगहरूको अनुगमन गरेको थियो । यस अघि महानगरपालिकाका मेयर राजेशमान सिंह आफैले नदीको अनुगमन गरेका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार