प्रधानाध्यापक मृत्यु प्रकरण : उचित छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार १६:५६:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news590570._seixVf1pBp_mBDBishOTA.jpg)
♦ मुकेश कुमार यादव
२० कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणको छानबिन गरी दोषमाथि कारबाहीको माग गर्दै मृतकका परिवार र आफन्तले पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् ।
मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्यायको माग गर्दै मिर्चैयाको कटारीचौकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन्। प्रहरीले सडक क्लियर गराउने प्रयास भइरहेको जनाएको छ।
उनीहरूले घटनाको प्रकृति हेर्दा भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएको छ। साहका श्रीमतीसहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएको छ।
सोमबार बिहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीयहरुले सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केही खान्न’ भन्ने अडान लिएकी छिन्।
घटनास्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका लागेको बताए। उनले भने, ‘घटनास्थलमा देखिएका रगतका डोभले र पासोको अवस्था हुँदा झुन्ड्याएको जस्तो देखिन्छ। यसको उचित छानबिन हुनु पर्छ।’
प्रधानाध्यापक साह आइतबार बिहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ।
यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरे पनि अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने सक्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
फागुन १, २०८१ बिहिबार
६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा
माघ २५, २०८१ शुक्रबार
उर्लाबारीका आईफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार