विश्वकपमा छनोट क्रिकेट टिमलाई ५० लाख र एसिया कपमा छनोट टिमलाई जनही ५० हजार पुरस्कार
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार २०:१६:३८
२० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपमा छनोट हुन सफल टिमलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ । आज बसेको संघको केन्द्रीय कार्य समितिको बैठकले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने विश्वकपमा छनोट हुन सफल टिमलाई ५० लाख रुपैयाँ नगदबाट सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले पुरुषतर्फ एसीसी यू–१९ प्रिमियर कपबाट सन् २०२४ मा हुने यू–१९ एसिया कपमा छनोट हुन सफल टिमलाई पनि नगदबाट सम्मान गर्ने निर्णय गरेको छ । यू–१९ टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् । यू १९ टोली हालै मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भएको थियो ।
बैठकले क्रिकेट हङकङ चीनको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबीच सञ्चालन हुने हङकङ विमेन्स ट्वान्टी–२० सिरिजमा सहभागिताका लागि राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय पनि गरेको छ ।
क्यानका सचिव पारस खड्काले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यसमिति बैठकले आइतबार सम्मपन्न आईसीसी मेन्स ट्वान्टी–२० क्रिकेट वर्ल्डकप एसिया फाइनलको खेलमा टिकट बिक्रीबाट संकलित रकमको ५० प्रतिशत जाजरकोटमा गएको भूकम्पबाट पीडितहरूको उद्धारका लागि सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार