र्यान एयरको नाफा बढेपछि शेयरधनीलाई लाभांश वितरण
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार २०:३२:२३
१९ कात्तिक, लण्डन । र्यान एयरले उच्च भाडा दर र उच्च कारोबारका कारण पहिलो छ महिनामा खुद नाफा ७२ प्रतिशतले बढेपछि सेयरधनीलाई नियमित लाभांश दिने घोषणा गरेको छ । सस्तो सेवाका लागि नाम चलेको आयरल्याण्डको एयरलाइन्स, र्यान एयरले एक वक्तव्य जारी गर्दै भनेको छ, “सेप्टेम्बरको अन्त्यसम्मको छ महिनामा करपछिको नाफा २।२ अर्ब युरो '२।४ अर्ब डलर' पुगेको छ ।”
डब्लिनमा मुख्यालय रहेको विमान सेवाले आफ्नो इतिहासमा पहिलो पटक नियमित लाभांश भुक्तानी सुरु गर्ने जनाएको छ । कोभिड–१९ महामारीका कारण विश्वव्यापी रुपमा उडान बन्द भएको दशकको सुरुमा ठूलो नोक्सानी व्यहोरेको उड्डयन क्षेत्रले बलियो पुनरुत्थानको आनन्द लिइरहेको बेला यो कदम चालिएको हो ।
र्यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले भने, “हामी ती सेयरधनीहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले कोभिडको कठिन समयमा सहयोग गरेका छन् ।” क्यारियरले अर्को वर्षको फेब्रुअरी र सेप्टेम्बरमा दुई समान भुक्तानीमा फैलिएको ‘४० लाख यूरोको पहिलो साधारण लाभांश’ घोषणा गरेको छ । आगामी वर्षहरूमा र्यान एयरले खुद मुनाफाको करिब २५ प्रतिशत लाभांश बाँड्ने अपेक्षा गरिएको छ ।
धेरै प्रतिकुलताको बावजुद उच्च वार्षिक मुनाफाको अपेक्षाको साथ लाभांश घोषणा भएका छन् । यसले डब्लिनमा र्यान एयरको शेयर मूल्य १६।१२ यूरो अर्थात् छ प्रतिशत वृद्धि गर्न मद्दत गरेको छ । र्यान एयरले यसअघि सन् २०२० सम्मको १२ वर्षको अवधिमा ६ अर्ब ७४ करोड यूरो बराबरको शेयर पुनःखरीद र तदर्थ लाभांश भुक्तानी गरिसकेको कम्पनीले एएफपीसँग बताएको छ ।
ओलेरीले थपे, “विमान कम्पनीको पूर्ण–वर्ष परिणाम अहिले र मार्चको अन्त्यसम्म यूक्रेन वा गाजा आक्रमणजस्ता ‘कुनै अप्रत्याशित प्रतिकूल घटनाहरूको अनुपस्थितिमा अत्यधिक निर्भर रहन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार