इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार २०:४९:१७
२० कात्तिक, ब्रसेल्स । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो 'दुई करोड ७० लाख अमेरिकी डलर' वृद्धि गरेको बताएका छन् ।
“यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ,” भोन डेर लेयेनले ब्रसेल्समा इयूका कुटनीतिज्ञहरूसँग भने । भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताए ।
इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताए। उनले भने, “हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो ।”
“भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्विर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।”भोन डेर लेयेनले कूटनीतिज्ञहरूसँग भने, “द्वन्द्व चर्किरहेका बेला पनि दुई राज्य समाधानका लागि ‘वातावरण’ हुनु आवश्यक छ ।
उनले युद्ध रोकिएपछि गाजा आतङ्ककारीहरूका लागि कुनै सुरक्षित आश्रय स्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने बताएका थिए । उनले भने, “यसलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विचार–विमर्श र छलफल भइरहेको छ, जसमा संयुक्त राष्ट्रसङ्घको म्यान्डेट अन्तर्गत अन्तर्राष्ट्रिय शान्ति बल पनि समावेश छ ।”
इजरायली सेनाले सोमबार गाजामा प्यालेस्टिनी लडाकूलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि एक महिना नजिक पुगेको छ र हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १० हजार पुगेको छ ।
इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु हुनुका साथै २४० भन्दा बढी बन्धक बनाइएका हमासलाई ध्वस्त पार्न कटिबद्ध प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताए । उनले युद्ध विरामका लागि अन्तर्राष्ट्रिय आव्हानका बाबजुद यही अवस्थामा कुनै पनि हालतमा कारबाही नरोकिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
असोज ४, २०८१ शुक्रबार
म्यान्मामा बाढीका कारण करीब तीन सय जनाको मृत्यु, ८९ बेपत्ता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार