तीन करोड ८० लाखको लागतमा स्तुल खोलामा बेलीब्रिज
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार ८:४१:४७
२१ कात्तिक, गोरखा । गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो ।
एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्ड अन्तर्गत आरुघाट गाउँपालिका–८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खामा सवारीसाधान गुडाउन कठिनाइ हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।
पुल निर्माणको काम एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई सहज भएको छ ।
पुल नबन्दा हिउँदमा जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा सञ्चालन गर्न नसकिने अवस्था थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई सहज भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार