हावाहुरी र चट्याङका कारण एकको मृत्यु, लिची र आँपमा करोडौँको क्षति
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १८:५७:२
गाईघाट । गएराति रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ ।
रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङका कारण कटारी नगरपालिका–८ बबलमा ३५ वर्षीया कालीमाया आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङका कारण मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख ‘एसपी’ चन्द्रदेव राईले बताए ।
घटनास्थलतर्फ अहिले प्रहरी जाँदै छन् । मगरको शव परीक्षणको लागि कटारी अस्पताल लगिने पनि प्रहरी प्रमुख राईले बताए । हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।
हावाहुरीका कारण चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–३ हँडियाका सुरेश चौधरीले बताएका छन् ।
यता त्रियुगा नगरपालिका–१ को जोगिदह तथा खैजनपुर क्षेत्रमा पनि फल लाग्दै गरेको लिची र आँपमा ठूलो क्षति पुगेको स्थानीयवासी पुलकित चौधरीले बताउनुभयो । हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको चौधरीले बताए ।
कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको रिस्कुका मानबहादुर दनुवारले बताए । हावाहुरीले गएराति उदयपुरको त्रियुगा नगरपालिका गाईघाटको बसपार्क मोतिगडा क्षेत्र खैजनपुर क्षेत्रमा खरका छाना भएका घरको छानो समेत उडाइदिएको छ भने कतिपय स्थानीयवासीको टिनको छानोसमेत उडाएर क्षति पु¥याएको प्रहरी तथा स्थानीयवासीले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
जापानको औसत तापक्रम उच्च हुने सम्भावना
पुष १४, २०८१ आइतबार
स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार