सिंगो देश उद्धार र राहतमा : प्राधिकरणको कार्यकारी प्रमुख चाहि विदेशमा
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार ९:३५:१७
२१ कात्तिक, काठमाडौं । देश भूकम्पको पीडामा छ तर, विपद् व्यवस्थापनको जिम्मेवारी बोकेको सरकारी निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने जापान पुगेका छन् ।
शुक्रबार राति गएको भूकम्प पछि सिंगो देश उद्धार र राहतमा जुटेका बेला पोखरेलको भने त्यही शुक्रबार राती नै जापान गएका हुन् । यद्यपि उनी जापान जाने कार्यक्रम पुरानै भएपनि प्राधिकरणकै प्रमुख भएपछि भ्रमण छोट्याएर आउनु पर्नेमा उनी उतै रमाएर बसेका छन् । पोखरेल शुक्रबार राति साढे ११ बजे काठमाडौंबाट जापान गएका हुन । एक साता त्यहाँ रहने गरी जापान उडेका उनी भ्रमण छोट्याएर आएका छैनन ।
भूकम्पले पश्चिम नेपाल प्रभावित भएको सूचना उनले जापान नपुग्दै पाएका थिए । भूकम्प व्यवस्थापनकै विषयमा अध्ययन गर्न उनी जापान पुगेको भए पनि नेपाल भूकम्पकै पीडामा पर्दा उनले भ्रमण छोट्याएर फर्किने विषयमा चासो राखेको देखिदैन । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प तथा सुनामी विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा आयोजित अन्तक्र्रियामा सहभागी हुन उनी जापान गएका हुन ।
गृह मन्त्रालय स्रोतका अनुसार कार्यकारी प्रमुख पोखरेल हरेक महिनाजसो विदेश भ्रमणमा जान्छन । यसपटक उनी विदेशमै भएका बेला नेपालमा भूकम्प गएको हो । असोजमा पनि उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चीन भ्रमणमा गएका थिए । यसैगरी भदौमा पनि उनको विदेश भ्रमण थियो । प्राधिकरणका सूचना अधिकारी धु्रवबहादुर खड्काले विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय तहको कार्यक्रममा सहभागी हुन देशको प्रतिनिधित्व गर्दै पोखरेल जापान पुगेको बताए । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा पोखरेलको साटो सूचना अधिकारी खड्का सहभागी भएका थिए ।
पोखरेल २०७७ कात्तिकमा प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका हुन । त्यसयता उनले दर्जनौं पटक विदेश भ्रमण गरिसकेका छन । गृह मन्त्रालयका कर्मचारीहरूमध्ये उनी सबैभन्दा बढी विदेश भ्रमणमा जाने कर्मचारीका रूपमा चिनिन्छन । दराष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पलगायत विपद्को व्यवस्थापन तथा न्यूनीकरणका लागि नीति बनाउने, अनुगमन गर्ने, समन्वय गर्ने तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि केन्द्रीय स्रोत निकायका रूपमा काम गर्ने उद्देश्यबाट स्थापना भएको हो । २०७२ सालको भूकम्पपछि यसको स्थापना गरिएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापनाको व्यवस्था गरेको हो । गृह मन्त्रालय मातहत रहने यस प्राधिकरणको कार्यालय सिंहदरबारमा छ । गत वर्ष डोटीमा भूकम्प गएको बेला पनि पोखरेल विदेशमै थिए । त्यतिबेला पनि उनी उतै बसेर समय कटाएका थिए । २३ कात्तिक ०७९ मा डोटीमा आएको ६।६ रेक्टर स्केलको भूकम्पमा ६ जनाको निधन भएको थियो ।
त्यतिबेला पोखरेल कोप २७ को कार्यक्रममा भाग लिन मेक्सिकोमा थिए । उक्त समयमा पनि उनी भ्रमण छोट्याएर नेपाल आएका थिएनन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापनाको नै यस्तै जोखिमको बेला काम गर्ने संस्थाको रुपमा जन्मिएका भएपनि त्यसको कार्यकारी प्रमुख नै विदेशमा रहनुले यसको औचित्यमाथि समेत प्रश्न उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार