एकाबिहानै जङ्गली हात्ती गाउँ पसेपछि...

नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १२:२९:२२
२१ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो । त्यत्तिकैमा घर हल्लिएको चाल पाए । उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो । अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्यो ।
“रातिको ३ बजिसकेको थिएन, दशरबाह्र वटा हात्तीले घर घेरिसकेका रहेछन्”, चौधरीले भने, “बाहिर भाग्ने ठाउँ थिएन, परिवारकै ज्यान जोगाउने चिन्ताले सत्ताउन थाल्यो, भाग्नसक्ने अवस्था नभएपछि फोन गरेर गाउँलेलाई गुहारयौंँ ।”
गाउँलेहरुले आगो बाले, हो हल्ला गरेपछि हात्तीको बथान नजिकैको सामुदायिक वनतर्फ लागेपछि ज्यान जोगिएको चौधरीले बताए । घरभित्र दुई बालबालिकासहित पाँच जना सुतेका थिए । हात्ती नजिकैको सामुदायिक वनमै रहेकाले ज्यानकै डर लागिरहेको चौधरीले बताए ।
“हात्तीले घरको भित्ता भत्काएको छ”, चौधरीले भने, “झण्डै टाउकोमै हात्तीले आक्रमण गर्न पाएन, खावाँको आडमा लाग्न सकेकाले ज्यान जोगियो ।” हात्तीको बथानले घरमा क्षति पुर्याउनुका साथै घरमा भण्डारण गरिएका झण्डै १० क्विन्टलभन्दा बढी धान खाएको छ ।
घरको आँगनमा रहेको शौचालय भत्काइ दिएको छ । बारीको तरकारी बाली र तोरी बाली खाएर र खुट्टाले कुल्चेर नोक्सानी पुर्याएको छ । “खेतबारीको धान सिद्धिएपछि हात्तीको बथानले आहाराको खोजीमा घरनै तोड्न थालेका छन्”, स्थानीय तेजबहादुर चौधरीले भने, “मानवीय क्षति हुने सम्भावना बढेर गएको छ, यसलाई रोक्नका लागि स्थानीय तहले प्रभावकारी कदम चाल्नुपर्छ ।” अहिलेसम्म कोही पनि जनप्रतिनिधि क्षतिको आँकलन गर्नसमेत नपुगेको उनले गुनासो गरे ।
बेलडाँडी गाउँका बासिन्दा हात्तीकै कारण त्रसित भएका छन । रातिका बेला गाउँमा आवतजावतको गर्नसमेत छाडेका छन् । विगत तीन वर्षदेखि नगरपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले मानवीय क्षति पुर्याउँदै आएको छ । हात्तीकै आक्रणमा परेर तीन वर्षमा नगरपालिका क्षेत्रका चार जनाले ज्यान गुमाइसकेका छन् । वन क्षेत्र हराभरा भएपछि जङ्गली हात्तीको बथान वर्षभरिनै सामुदायिक वन क्षेत्रमा ओहरदोहर गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेरी बबई डाइभर्सनको गुणस्तरमा अध्यक्ष ओलीको चासो
मंसिर १९, २०८० मंगलबार
लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय
मंसिर १६, २०८० शनिबार
धनगढी उपमहानगरपालिकाद्वारा शव चिस्यान सेवा सञ्चालनमा
मंसिर ११, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार