लुम्बिनीको राजकीय बुद्ध विहारमा कथिन चिवर दान उत्सव
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १२:३३:१२
२१ कात्तिक, लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव गरिएको छ । भिक्षुहरूको विनयअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरूप प्रदान गरेर सोमबार सो उत्सव गरिएको हो ।
रुपन्देहीजिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी मीना गुप्ता र कपिलबस्तुजिल्लाको तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् । बौद्धभिक्षु उपसम्पन्न गर्नाका साथै तीन महिनासम्म ध्यान र ज्ञानमा बसेपछि समाजले हेर्षोउल्लास ‘कथिन चिवरदान’लाई उत्सवका रुपमा मनाउने गर्दछ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ ।
बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियम पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरूको पालना गर्नाका साथै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए । उनले लुम्बिनी गुरुयोजनाभित्र रहेका विहारहरूको धार्मिक गतिविधिले पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक प्रवर्द्धन गर्ने पनि उल्लेख गरे ।
कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्न स्थानीयवासीसँग लुम्बिनी भन्ने नीति लिइएकोसमेत कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनीस्थित राजकीय बुद्ध विहारका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताए । दान, शिल र भावनाको विकासका साथै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कारसमेत हुने उनले उल्लेख गरे ।
‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु, भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समितिसहित सरोकारवालाको उपस्थिति थियो । उक्त अवसरमा सङ्घदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ । बिहान श्रीलङ्कन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म र्याली निकालिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार