आठबिसकोट र सानीभेरीका ५२ मृतकका परिवारले २५ हजारका दरले पाए किरिया खर्च
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १२:५०:५६
२१ कात्तिक, रुकुमपश्चिम । जाजरकोट भूकम्पमा परी मृत्यु भएका रुकुमपश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामग्री उपलब्ध गराएका छन् ।
आठबिसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठबिसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो ।
आठबिसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई सम्बन्धित स्थानीय तहले २५ हजार रुपियाँको दरले किरिया खर्च दिइसकेको जानकारी दिएका छन् । आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहका अनुसार किरिया खर्चसँगै राहतसमेत उपलब्ध गराइएको छ । नगरप्रमुख रवि केसी र उपप्रमुख धनकुमारी शाहीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानवीर ओलीका अनुसार भूकम्पका कारण मृत्यु भएका १२ जना मृतकका घरमा पुगेर २५ हजार रुपियाँको दरले किरिया खर्च र राहत सामग्री बुझाइसकिएको छ । अन्य पीडितहरुलाई पनि तीव्ररुपमा राहत वितरण गरिरहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार