गृह मन्त्रालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएर पीडित पक्षलाई बोलायो वार्तामा
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १३:१७:३९
२१ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले छोरीको न्याय माग्दै १५६ दिनदेखि आन्दोलनरत आरती साहका आफन्तलाई वार्तामा बोलाएको छ । गृहले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएर साहका आफन्तलाई वार्तामा बोलाएको हो ।
आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले सोमबार पीडित पक्षलाई पत्राचार गरेको छ । गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । दाइजोको नाउँमा आफ्नो छोरीको हत्या गरिएको र घटनाको अनुसन्धान कमजोर पारिएको भन्दै मृतक साहका माइतीपक्षले न्याय माग्दै लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए ।
उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले घटनाको कमजोर अनुसन्धान गरेको र आफूहरूमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै खड्कालाई जिम्मेवारीबाट नहटाएसम्म सरकारसँग वार्ता नगर्ने शर्त राखेका थिए । हिजो खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार