ठूलो परिमाणमा लागूऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १६:२२:४
२१ कात्तिक, काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुलसहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका-३ बस्ने ३८ वर्षीय गंगालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने ५० वर्षीय दिपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश डंगोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दिप ईटानी रहेका छन् ।
उनीहरूमध्ये सपना रायमाझी र गंगालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोइन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्तीबाट कात्तिक १५ गते, दिपक श्रेष्ठ र दिपेश डंगोल महर्जनलाई लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय मिलिग्राम, ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते तथा झरेन्द्र बहादुर ज्यु ठकुरी र सन्दिप ईटानीलाई लागूऔषध खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौं तार्केश्वर नगरपालिका(४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार