विपदको बेला राजनीति होइन मानवता प्रदर्शन गरेका हौं : मीनबहादुर विश्वकर्मा
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १६:२९:३
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट –रुकुम पश्चिम भूकम्प प्रभावितको लागि पार्टीले दिएको राहत रकम राजनीतिक रोटी सेक्ने भन्दा विपद्का बेला मानवता देखाएको प्रष्टीकरण दिएको छ । पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले राजनीतिक चर्चा र स्वार्थका लागि भन्दा मानवताको कारण पार्टीको सदस्यहरूले जम्मा गरेको ५० लाख रकम पीडितका लागि सरकारले खडा गरेको कोषमा सहयोग गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
कांग्रेसका कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा सहयोगको नाउँमा पार्टीको झण्डा बोकेर प्रचारका लागि पुगेको भन्ने विषयमा सञ्चारकर्मीले राखेको प्रश्नमा विश्वकर्माले कांग्रेसले सहयोग गर्ने कुरामा प्रचार नभएर मानवता देखाएको दाबी गरे ।
उनले भने, ‘पार्टीले जम्मा गरेको सदस्यता शुल्कको खाताबाट हामीले राहत कोषमा ५० लाख दिएका हौं । सबैभन्दा पहिला सहयोग गर्ने घोषणा कांग्रेसले मानवता प्रदर्शन गरेर गरेको हो । त्यो बेला न पार्टीको कुरा गरेको हो न झण्डाको । राजनीति प्रदर्शन गरेको होइन । कँही पीडितमाझ पार्टीको प्रचार भएको रहेछ भने त्यसमा हामी सजग गराउँछौ । प्रचार गर्नु पार्टीको नीति र धारणा दुवै होइन ।’
साथै उनले भोलि प्रभावित क्षेत्रमा पार्टीका उच्चस्तरीय नेताले स्थलगत अनुगमन गर्न जान लागेको र त्यो केवल पीडितले राहत पाए नपाएकोमा निरीक्षण र अनुगमन हुने जानकारी दिए । जाजरकोट भुकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दीर्घकालीन रुपमा घट्न सक्ने विपदलाई समेत मध्यनजर गरेर पुनर्निर्माणको कार्य तत्काल थाल्नुपर्ने कांग्रेसले सुझाएको छ ।
जाजरकोट भुकम्पबाट अति प्रभावित २ जिल्ला र अन्य ९ प्रभावित जिल्लामा पुनर्निर्माण कार्य गर्दा संघले प्रदेश र स्थानीय निकायलाई पुनर्निर्माण कार्य गर्न सक्षम बनाएर र जिम्मेवारी दिनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प पश्चातको राहत, पुर्नस्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न ११ बुँदे सुझाव पत्र सभापति शेरबहादुर देउवामार्फत बुझाएको कांग्रेसले दिगो पुनर्निर्माण हुनुपर्ने,तत्काल पीडितका लागि आवश्यक गाँस, बास, कपासको व्यवस्था गरी स्थाई बसोबासको व्यवस्थित व्यवस्था छिटो भन्दा छिटो गर्नुपर्ने लगायतका विविध ११ बुँदे सुझावसहित पत्र बुझाएको कांग्रेसले सो जानकारी पत्रकार सम्मेलन गरी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार