प्रथम वीरगन्ज गोल्डकपमा त्रिभुवन आर्मी क्लब विजयी
आबिद हुसेन
कात्तिक २१, २०८० मंगलबार २०:३६:२९
२१ कात्तिक, वीरगन्ज । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाईनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । झापा एफसीलाई त्रिभुवन आर्मी क्लबले २ –० गोल अन्तरले पराजित गरेको हो ।
९० मिनेटको निर्धारित समयको खेलको पहिलो हाफ त्रिभुवन आर्मी क्लबले १ गोल गरेर अग्रता बनाएको थियो । आदर्शनगर खेल मैदानमा जारी फुटबल प्रतियोगीताको अन्तिम क्वाटर फाईनल खेल जित संगै त्रिभुवन आर्मी क्लबले सेमिफाईनमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफदेखि त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धीलाई दबाब दिदै आएको थियो । सुरु देखि खेलमा दबाद बनाएको त्रिभुवन आर्मी क्लबले पहिलो हाफको ७ औ मिनेटमा पहिलो गोल प्रहार गरेको थियो । पहिलो गोलका त्रिभुवन आर्मी जर्सी नम्बर ७ का खेलाडी निरज कुमार साहले गरेका थिए ।
सुरु देखि दबाबमा परेका झापा एफसीले निरन्तर गोल खादै आएका थिए । पहिलो गोल खाएको झापा एफसीले खेलको खेलमा फर्केन प्रयास गरेपनि सकिरहेको थिएन । त्यसपछि दोस्रो हाफ सुरु हुने बेलामा झापाका एफसीका केहि खेलाडी परिवर्तन गरेर प्रवेश गरेको थियो । दोस्रो हाफ सुरु भएपछि खेलको ६१ औ मिनेटमा त्रिभुवन आर्मी क्लबका अर्को खेलाडी जर्सी नम्बर ३६ का फतेमान घले गोल प्रहार गरे ।
त्यसपछि निरन्तर गोल फर्कोउन प्रयास गरेका झापा एफसीका खेलाडी सकिरहेको थिएनन् । खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका खेलाडी जर्सी नम्बर ३६ का फतेमान घले घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बुधबार पहिलो सेमिफाईनल खेल आयोजक भेट्रान सिटि क्लब र नेपाल पुलिस क्लब बिच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार