झापामा वंशजको नागरिकता लिन बिहानैदेखि घुइँचो
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १९:१:४३
भद्रपुर । जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ ।
झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता पाएका आमा र बुबाको सन्तानले लामो अवधिसम्म नागरिकता पाउन सकेका थिएनन् । तर गृह मन्त्रालयले गत चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई वंशजको आधारमा नागरिकता वितरण गर्नु भनी परिपत्र गरेको थियो ।
तीन दिनसम्म नागरिकता वितरण भएलगत्तै गृहको परिपत्र विरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले सो प्रकृतिका नागरिकता वितरण नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले मङ्गलबार सोही विषयमा अर्को आदेश जारी गरी गृह मन्त्रालयको परिपत्र बमोजिम नै नागरिकता दिन मिल्ने आदेश गरेको हो ।
झापा जिल्लामा चैत १९ गते यता ६०० बढीले वंशजको नागरिकता पाइसकेका छन् । झापामा विसं २०६३ मा २२ हजारले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । तिनका सन्तानले वंशजको आधारमा अब नागरिकता पाउने भएका छन् ।
झापा गाउँपालिका–२ का सरोज मेहराले ५० किलोमिटर टाढाबाट धाएर वंशजको आधारमा नागरिकता लिन प्रशासनको गेटबाहिर बिहानैदेखि लाइनमा बसेको बताए । उनले नागरिकता वितरण फुकुवा भएको खबर सुनेर आएको बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सर्वोच्च अदालतले सदर गरिसकेको हुँदा गृहमन्त्रालयको परिपत्र बमोजिम आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता आजदेखि वितरण गर्न थालिएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार
नयाँ वर्षमा धेरै कामबाट टाढै रहनु, नत्र वर्षभर पछुताउनु पर्नेछ
पुष १७, २०८१ बुधबार
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल
पुष १७, २०८१ बुधबार