सशस्त्रले रोहिंगालाई रोक लगाउने प्रस्ताव गर्दा एसएसबीले पाकिस्तानलाई रोक लगाउन खोज्यो !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १२:१६:५३
२२ कात्तिक, काठमाडौं । नेपाल– भारत ‘सीमा सुरक्षा समन्वय बैठक’मा भारतबाट रोहिंगा शरणार्थी रोक्न कुनै पनि पहल नभएको सशस्त्र प्रहरीले गुनासो गरेको छ । सोमबारबाट नयाँ दिल्लीमा प्रारम्भ भएको सीमा सुरक्षा बैठकमा नेपाली पक्षले त्यस्तो गुनासो गरेको हाे । साथै औषधिजन्य लागूऔषधको रोकथाममा पनि भारतीय प्रहरीले सहयोग गर्नुपर्ने सशस्त्र प्रहरीको आग्रह थियो । सशस्त्र प्रहरीले रोहिंगाको प्रवेशलाई कडाई गर्न माग गर्दा भारतीय पक्षले तेस्रो मुलुक पाकिस्तानी र चिनियाँ नागरिकको प्रवेशमा कडाई गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।
बैठक सीमा वारपार अपराध नियन्त्रणका सम्बन्धमा देखिएका चुनौतीहरूका विषयमा केन्द्रित रहेको छ । बुधबार सकिने सो बैठकमा नेपाली पक्षले दुवै देशको सीमा क्षेत्रबाट हुने अपराधमा सशस्त्र प्रहरी बल सजग रहेको जनाउँदै नेपाली पक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिई दिन आग्रह गरेको छ । भारतको सशस्त्र सीमा बल (एसएसबी) ले आयोजना गरेको उक्त बैठकमा नेपालबाट सशस्त्र प्रहरीको नेतृत्वमा अन्य सुरक्षा निकायका अधिकारीहरू सहभागी छन् । बैठकमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले र भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लले गरेकी छन् ।
दुई देशको सीमा क्षेत्रको सुरक्षाको नेतृत्व भारतका तर्फबाट एसएसबीले र नेपालका तर्फबाट सशस्त्र प्रहरीले गर्दै आएको छ । दुवै सुरक्षा निकायबीच सन् २०१२ यता बर्सेनि उच्च तहमा समन्वय बैठक हुँदै आएको हो । गत वर्ष छैटौं समन्वय बैठकको आयोजना नेपालले गरेको थियो । यस पटकको बैठक सातौं हो । स्रोतका अनुसार सीमापार अपराधको रोकथाम, दशगजा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई, नियमित र व्यवस्थित गस्ती, सूचनाको आदान प्रदानमा तीव्रता र सहजता नै बैठकमा छलफलका विषय छन् । नेपाली पक्षले भारतबाट नेपालतर्फ लागूऔषधको कारोबार बढेको विषयलाई प्राथमिकता साथ उठाएको छ । त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिनुपर्ने नेपाली पक्षले आग्रह गरेको छ । ‘औषधिजन्य लागूऔषध नियन्त्रणमा नेपाली सुरक्षाकर्मीहरूको मात्र पहलले पुग्दैन, भारतीय सुरक्षा अधिकारीहरूको पनि पहलकदमी हुनुपर्छ’, नेपाली पक्षको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
भारतका सीमावर्ती बजारबाट विभिन्न नेपालका विभिन्न स्थानसम्म लागूऔषध पुग्ने गरेको छ । नेपालमा प्रतिबन्धित कतिपय औषधि पनि लागूऔषधका रूपमा प्रयोग गरिने भएकाले त्यस्ता औषधि चेक गरेर चिकित्सकको सिफारिस भए मात्र प्रवेश दिनुपर्ने र त्यसमा कडाइ गरिदिन एसएसबीलाई नेपाली पक्षले आग्रह गरेको हो ।
नेपालमा यस्तो औषधि बजारमा गैरकानुनी ढंगले बिक्री वितरण हुने गरेको छ । गैरकानुनी रूपमा तस्करी गरेर सामानको ढुवानी कार्यलाई नियन्त्रणका लागि पनि सशस्त्रले एसएसबीको सहयोग मागेको छ । भन्सार भएको बाटोबाट मात्रै सामान नेपाल प्रवेशका लागि छाडिदिने संयन्त्रको विकासमा सशस्त्रको एसएसबी समक्ष जोड छ । विगतमा भारतको बाटो हुँदै रोहिंग्या शरणार्थी नेपाल पसेको जनाउ दिँदै त्यस्ता घटना दोहरिन नदिन पनि एसएसबीचसमक्ष नेपाली पक्षले आफ्नो चासो प्रकट गरेको छ । एसएसबीका अधिकारीहरूले पनि खुला सिमानाको फाइदा उठाएर नेपाल हुँदै तेस्रो देशका नागरिक भारत पस्ने गरेको विषयलाई विशेष महत्व दिएको छ ।
उनीहरूले त्यस्तो हुन नदिन नेपाली पक्षसँग आग्रह गरेका छन् । बैठकमा नेपालबाट सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विकासराज खनाल, राष्ट्रिय अनुसन्धानका नायब महानिरीक्षक भीम बुढाथोकी, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीसहितको सहभागिता छ । सो बैठक सकिएपछि बुधबार संयुक्त विज्ञप्ति जारी गरी बैठकको उपलब्धीहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
जेठ ३२, २०८१ शुक्रबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित
जेठ २४, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार