बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १९:५:२६
नेपालगञ्ज । बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् ।
बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताए।
केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित बालबालिकाले बीचमै औषधि छाड्ने गरेकाले उनीहरु जोखिममा परेका हुन् । उनीहरुलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयं सेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए ।
सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ जना डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल
पुष १७, २०८१ बुधबार
भीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
हट एयर बेलुनमा उड्दै कलाकृति
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार