जसले गर्याे जाजरकोट भूकम्प पीडितलाई सहयोग !
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १२:४:३६
♦ नरेन्द्र विष्ट
२२ कार्तिक, काठमाडौं । नेपाल प्रहरीका अफिसर गोमा पराजुली (कन्चन) ले आफ्नो एक महिनाको पारिश्रमिक जाजरकोटका भूकम्प पीडितको राहतका लागि सहयोग गरेकी छिन्।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पिडितका लागि कन्चनले एक महिनाको पारिश्रमिक राहतस्वरुप प्रदान गरेकी हुन्।
भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिना पारिश्रमिक जम्मा गरेको हेल्प पोस्ट्का एक जना प्रतिनिधिले दिए।
‘यो समयमा भूकम्प पीडितलाई सबैको साथ र सहयोगको आवश्यकता छ, उनले पत्रकारलाई भनिन्, ‘आफूले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ। प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौं, जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौं।’
घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनःस्थापनामा आ—आफ्नो तर्फबाट सबैलाई सहयोग गर्न समेत उनले अपिल गरिन्। निडर र हक्की स्वभावकी देखिने पराजुली राष्ट्रसेवक स्वाभिमानी प्रहरी अफिसर हुन्।
यसअघि पनि दुःखी र पीडितहरुको घाउमा मलम लगाउँदै आएकी उनी नेपाल प्रहरीमा काम गर्ने देशको रक्षा गर्ने योद्धा हुन् । नेपाल प्रहरीका संगठनमा रहेर काम गर्दै आएपनि उनले समाज सेवा छोडेकी छैनन्। उनी निरनतर समाज सेवामा तल्लिन छिन्। उनले अहिलेसम्म काठमाडौका सडकपेटीमा रहेका अनाथ तथा पशुपति मन्दिरको छेउछाउमा उपचार नपाएर भौतारिरहेका बिरामी तथा दिन दुःखीलाई समेत उपचार गर्दै एक मानवको धर्म निर्वाह गरेकी छिन्।
यस्तै सडकका जनावर तथा विशेष गरी बाँदरहरूलाई खाना खुवाउने,बाँदरका लागि प्रत्येक महिना फलफूलहरू ल्याएर खुवाउने गर्छिन् कञ्चनले। पशुपति मन्दिरमा रहेका बाँदरलाई मात्रै खाना र फलफूल खुवाउन लागेको एक दशक भइसकेको छ।
पशुपति मन्दिरमा उनी जहिले पनि फलफूल बाँदर तथा गाईहरूका लागि खाना लिएर आउने गरेको पशुपति धार्मिक विकास कोषका एक जना अधिकारीले बताए। उनी प्रत्येक हप्ताको शनिबार पसलहरूबाट सस्तोमा फलफूल र खाना किनेर आफ्नै स्कुटिमा हालेर कपन भागेश्वरी मन्दिर, गुहेश्वरी वरपरका ठाउँहरूमा गौमाता, काग र बाँदरहरू लाई फलफूल दिने गरेको स्थानीय व्यापारीहरूले बताएका छन्।
यति मात्रै होइन अर्काको घरमा भाडामा बसेर पनि जागिरबाट कमाएको सबै पैसा विभिन्न आश्रम तथा अनाथालय दिन दुःखी गरीबहरुलाई दिएको र आफूले भने, कयौं दिन बिना पैसा हिँड्ने गरेको उनका साथीहरू एवं हितैसीहरु बताउँछन्।
यसअघि स्थानीय तथा प्रदेश तथा संघीय निर्वाचनका बेला कन्चनसँगै ड्यूटी गर्दा काम गर्ने जुनियर नेपाल प्रहरी एक जना कन्चनकै सहकर्मी हिरा मगर भन्छिन् “कन्चन म्यामसँग डिउटी गर्दा कहिले हामीले भोकभोकै बस्नु परेन्, खाना र खाजा किनेरै बाड्नुहुन्थ्यो, म्याम जस्तो निस्वार्थ सेवा गरिरहेका प्रहरी महिला अफिसर पाउनु गाह्रो छ तर हामीले पायौं, हामी आफूलाई भाग्यमानी ठान्छौं ।’
अर्का प्रहरी जवान जीवन किरण मगर भन्छन् “कञ्चन म्याम यो देशको साच्चिकै शान हुन्, यस्ता अफिसर पाउनु नै गाह्रो छ, गोमा म्याम त सरकारी खाना समेत खानु हुन्न किन कि खानामा हाल्ने भएकाले लसुन ब्याज बिनाको खाना मात्रै खानुहुन्छ, त्यो पनि उहाँको हिम्मत यो शक्ति हाम्रो भन्दा अझै अब्बल र बलियो छ अचम्म लाग्छ, धेरै माथिको हाकिमसँग भने उहाँको कुरा नै मिल्दैन आफूभन्दा ठूलो भएकाले भगवान भन्छन् जहाँ पनि हामी उहाँका लागि ज्यान दिन तयार छौ ।”
यस्तै,एक जना नेपाल सरकारका सचीवले भने, ‘उनले २०७२ सालको बिनाशकारी भुकम्पमा काठमाडौंमै पर्ने साँखुमा सम्पत्ति शुद्धिकरणको टिममा हामीसँगै जानुभाथ्यो, आफ्नो ज्यान जोखिम राखेर पनि काम गर्नुभएको थियो, भुकम्पले च्यापिएका मृतक र उनीहरुका सरसमानहरु अरुले भित्र जान नमानेको उनी त्यहीँ भित्र पसेर ती समान र मृतका लासहरु निकाल्नु भएको थियो, उनी साच्चिकै हिम्मतवाली हुनुहुन्छ, यस्ता प्रायः कमै प्रहरी भेटिन्छन्, उनी निडर,साहसी र उत्तिकै प्रभावशाली प्रहरी अफिसर हुनुहुन्छ ।’ यस्तै,उमा कुण्डको आश्रमको वृद्या श्रममा रहेका वृद्धलाई आफ्नै स्कुटिमा राखेर तिल्गेस आइजको अप्रेसन गराउन तिलगंगा आँखा अस्पताल आफ्नै पारिश्रमिकबाट उपचार गरेको त्यही आश्रमका वृद्धहरु बताउँछन्।
यति मात्रै होइन धेरै सेवा गर्ने ठाँउहरुमा समेत डिउटि बाहेकको समयमा उनी गरीबसँग बिताउने र आफू भोकभोकै रहेर पनि कोही खान नपाएकोलाई खाना दिने र बोकेको खाजा भोकभोकै हिँड्ने बटुवालाई समेत दिने गरेको उनका साथीहरूले बताएका छन्।
यस्तै,प्रहरी अफिसर कन्चनले सेवा गरेका आश्रमहरुमा सङ्खमुल आश्रम सेवा, गाईमाता आश्रम सेवा, स्वर्गद्वारी आश्रम सेवा, मुक्तिनाथ आश्रम सेवा लगायत रहेका छन् । उनी वृद्दाआश्रमको आजिवन सदस्य समेत रहेकी छन्।
गोमा पराजुली भन्छिन “सेवा गरेको अरुले एक्सपोज गर्दा मन पर्दैन, फोटो पनि पोस्ट नगरिदिनुस्, समाचार पनि नबनाईदिनुस्, मलाई देखावटी सेवा मन पर्दैन उनी भन्छिन्, ‘उनलाई मिडियाका पत्रकारहरुले अन्तर्वार्ताका लागि समय माग्दा समेत समय छैन ,भन्छन् सेवा गरेर मिडियामा देखिनैपर्छ भन्ने के नै छ र ? उनी भन्छिन्।
उनी आफूलाई ठूलो र सरकारी कर्मचारी भन्न पनि मन पराउँदैनन्। यसैक्रममा उनले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत दिँदै गर्दा पत्रकारले नै खोजी गरि उनका बारेमा यी सबै जानकारी र कुराहरू बाहिर ल्याएका हुन्।
समाजसेवामा तल्लीन रहेकी उनी एक वर्ष अघि पशुपति मन्दिरमा मात्रै पूजा आराधनाका क्रममा उपचार नपाएर तड्पिरहेका र छ्ट्पटिरहेका एक जना एक जना बृद्ध उपचार नपाएर छट्पटी रहेको अवस्थामा भेटिएपछि उनले अस्पताल लगेर उपचार गराएकी थिइन् यो त एक उदाहरण मात्रै हो। हामीलाई प्राप्त जानकारी अनुसार उनी नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट विभूषित भैसकेकी छिन्। २०७६ सालमा जनसेवा पुरस्करबाट नेपाल सरकारले उनलाई बिभुषित गरेको बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार