नेपाल जस्तो विकासोन्मुख देशहरुको खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्छौ : क्याप्टेन हुसेन मुसल्लम
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १२:३१:५४
२२ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्तो विकासोन्मुख देशहरुको खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।
नेपाल पौडी संघको आयोजनामा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले विश्व एक्वेटिक्सले नेपालको पौडी खेलको विकासमा सक्दो सहयोग गर्ने बताए ।
पछिल्लो समय वर्ल्ड एक्वेटिक्सको प्राथमिकताहरु परिर्वतन भएको बताउँदै उनले अब नेपाल जस्ता विकासोन्मुख देशहरुका खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताए ।
उनले आफुहरुले नेपालको पौडी खेललाई नजिकबाट नियालेको बताउदैँ आफ्नो नेपाल भ्रमण नेपालको खेल क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउनकै लागि भएको बताए । उनले प्रशिक्षक उत्पादन तथा भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले पौडीलाई विद्यालय शिक्षाकै रुपमा विकसित गर्नुपर्ने बताए । उनले आफ्नो अर्को भ्रमणमा नेपालको पौडी खेलमा केही परिर्वतन देख्न चाहेको बताए । कार्यक्रममा पौडी एसोसियसनका महासचिव जगतमान श्रेष्ठले हुसेनको नेपाल भ्रमणका लागि धन्यवाद दिदैँ नेपालमा पौडी क्षेत्रको विकासमा उनको आगमनले थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार