पूर्वराजालाई पूर्वराष्ट्रपति सरह सुविधा दिने तयारीमा सरकार
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १४:२२:५८
२२ कात्तिक, काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपति सरहको सुविधा दिने तयारी गरिरहेको छ । पूर्व राष्ट्राध्यक्षले पाउने सम्मान दिएर पूर्व राजालाई सुविधा दिनुपर्छ भनेर माग भइरहेकोले सरकारले यसबारे औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सत्तारुढ दलका शीर्ष नेताहरूसँग यस विषयमा परामर्श गरेका छन् । उनले मंगलबार बसेको सर्वदलीय बैठकमा यसबारे कुरा राखेको बताइएको छ । मन्त्रिपरिषदका एक सदस्यले दिएको जानकारी अनुसार पूर्व राजाको राजनीतिक सक्रियता बढ्दै गएकाले उनलाई पूर्व राष्ट्रपतिलाई दिने सरहको सुविधा दिएर थान्को लाउन यस्तो निर्णय गर्न लागिएको हो ।
देशका विभिन्न भागमा धार्मिक सद्भाव विरोधी गतिविधिमा संलग्न मानिसहरूले पूर्व राजालाई उक्साइरहेको भन्ने निष्कर्षमा पुगेका प्रधानमन्त्री प्रचण्डले सुविधाका विषयमा चाँडै औपचारिक निर्णय गर्ने ती मन्त्रिपरिषदका सदस्य बताए ।
जाजरकोट र रुकुमका भूकम्प प्रभावित परिवारको बसोबास र राहतका विषयमा छलफल गर्न भनी मंगलबार बोलाइएको सर्वदलीय बैठकमा गणतन्त्रमाथि चुनौती आएको भन्दै नेताहरू त्यसमा केन्द्रित भएका थिए । उनीहरूले पूर्व राजाको सक्रियता बारे चर्चा गर्दै सरकार रमिते बनेको भनेर प्रधानमन्त्री दाहालको आलोचना गरेका थिए ।
दलहरूको टीकाटिप्पणी सुनेपछि प्रधानमन्त्री प्रचण्डले पूर्व राजालाई सुविधा दिने बारेमा मन्त्रिपरिषद्बाटै निर्णय गराउने तयारी भइरहेको जानकारी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग त्यस विषयमा प्रतिबद्धता जनाएको दलहरुलाई बताएका थिए ।
यस सम्बन्धमा कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्व राजालाई राष्ट्राध्यक्षको सम्मान दिएर त्यही तहको सुविधा दिनुपर्ने भनेर आफूले माग गरिरहेको बताएका थिए । दुई साताको अमेरिका भ्रमण सकेर मंगलबार फर्किएका अध्यक्ष लिङदेनले भने, ‘मेरो लागि त उहाँ सँधैं राजा नै हो, सरकारले विलम्ब नगरिकन औपचारिक निर्णय गरेर पूर्व राष्ट्राध्यक्षलाई दिने सरहको सम्मान र सुविधा उहाँलाई उपलब्ध गराउनुपर्छ । यस बारेमा मैले प्रधानमन्त्रीहरूसँग गम्भीरतापूर्वक कुरा गर्दै आएको छु ।’
पूर्व राजाका सचिव सागर तिमिल्सेनाले भने पूर्व राजालाई सुविधा दिनेबारेमा आफूलाई जानकारी नभएको बताए । ‘हामीलाई त्यस बारेमा कुनै जानकारी छैन’ सचिव तिमिल्सेनाले भने । मंगलबारको सर्वदलीय बैठकमा संघीयता, गणतन्त्र र संविधानमाथि चुनौती आएको भनेर आकस्मिक रुपमा चर्चा सुरु गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले नै त्यस्तो चर्चा सुरु गरेर आफू कसैसँग नतर्सिएको स्पष्टीकरण दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार