जेलमा रहेका पूर्वमन्त्री आलमको मुद्दामा बिहीबार फैसला
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १४:४०:५३
२२ कात्तिक, रौतहट । रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद आफताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्म हुने सम्भावना छ ।
संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री अफताव आलमका काका शेष इन्द्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरूलाई इँटाभट्टामा जलाएको आरोप उनीमाथि छ ।
उनीसहित ११ जना प्रतिवादी रहेको मुद्दाको मिसिल अदालतमा खोलिएको हो । जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार आलम विरुद्धको मुद्दामा सरकारी वकिल र आलम पक्षको बहस मंगलबार सकिएको छ ।
केही बाँकी वकिलको बहस बुधबार सकिने र त्यसपछि मुद्दाको फैसला हुने उनको भनाई छ । सम्भवतः बुधबारसम्म बहस सकेर बिहीबारसम्ममा मुद्दाको फैसला हुने उनले जानकारी दिए । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको हो । सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले ०७६ कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोग पत्र दायर गरेको थियो । त्यसपछि भएको वहस र सुनुवाइबाट जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशले अलामलाई मुद्दा टुङ्गो नलागेसम्मका लागि कात्तिक २९ गते कारागार पठाउने निर्णय गरेको थियो ।
आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित तीन वटा मुद्दा चलाइएको थियो । पूर्वमन्त्री आलम चार वर्षदेखि पुर्पक्षका लागि नख्खु कारागारमा छन् । पूर्वमन्त्री आलमका भाइ महताब आलम पनि पुर्पक्षका लागि रौतहट कारागारमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार