उत्तर कोरियाले नेपालमा रहेको राजदूतावास बन्द गर्ने
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १५:५४:१५
२२ कात्तिक, काठमाडौं । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । आर्थिक कारण देखाउँदै उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्न लागेको हो । सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने उत्तर कोरियाले जनाएको छ ।
नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दूतावास बन्द गर्ने जानकारी दिएका छन् । नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै परराष्ट्र मन्त्रालयलाई दूतावास बन्द गर्ने जानकारी दिएका थिए ।
सोमबार परराष्ट्र सचिव भरतराज पौड्यालसँगको भेटमा पनि दूतावास बन्द गर्न लागिएको जानकारी उनले पुनः दोहोर्याएका थिए । दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ ।
नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो । सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोलेको थियो । नेपालमा दूतावास खोलेको ४९ वर्षपछि उत्तर कोरियाले आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार