कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरन्जन आचार्य
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १९:५९:४३
२२ कार्तिक, विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरन्जन आचार्य नियुक्त भएका छन्। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष नियुक्त भएसँगै मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई नियुक्ति पत्र प्रदान गरेका छन्। विराटनगर निवासी आचार्यले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी राजनीतिक विश्लेषक हुन्। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टीका सभापति हुँदा आचार्यले स्वकीय सचिवको जिम्मेवारी सम्हालिसकेका थिए ।
पदभार ग्रहण गर्दै आचार्यले भौतिक पूर्वाधारको विकाससँगै मानव केन्द्रित विकासमा जोड दिने बताए। उनले प्रदेशका आदिवासी, जनजाति, पिछडिएका तथा निःसहाय वर्गको उत्थानमा आयोग केन्द्रित हुने जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार