भूकम्पको इपिसेन्टर रामीडाँडा मै पुगेन राहत, नेताको भने लर्को
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार २०:३४:४
२२ कात्तिक, जाजरकोट । भुकम्पले क्षति पुर्याएका क्षेत्रमा यति बेला अनुगमन गर्न आउने नेताहरूको लर्को छ । एकपछि अर्को पार्टीका नेता सोधपुछ गर्न पुगेका छन् । तर, भूकम्प गएको पाँच दिन बितिसक्यो, राहतको पत्तो छैन । खालि हात पुगेका नेताको भीडभाड देखेर पीडितहरु नै दिक्क मान्न थालिसके ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पले धेरै मानवीय र भौतिक क्षति गर्यो । जाजरकोट र रुकुममा अहिले उद्धार र राहतका लागि भन्दै सरकारी र गैरसरकारी क्षेत्रको सक्रियता बढेको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूदेखि विभिन्न व्यक्तिहरूको ओहोरदोहोर चलिरहेको छ । तर भुकम्पको केन्द्रविन्दु भएको रामी डाँडामा भने अहिलेसम्म सरकारी कुनै राहत पुगेको छैन ।
गैरसरकारी क्षेत्रबाट केहीले पुर्याएको सामन्य राहत सामग्री बाहेक पाल समेत नआइपुगेको स्थानीयहरुले बताएका छन् । बारेकोट गाउँपालिकामा पर्ने रामी डाँडामा आएको राहत सामग्री गाउँपालिकामै थुप्रिएको स्थानीयले बताएका छन् । दलीय स्वार्थले गर्दा आएको राहत वितरणमा पनि ढिलाई भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार