सुर्या हस्पिटलको बदमासी, महानगरको छड्के अनुगमनमा भेटियाे डेट एक्सपायर औषधी !
आबिद हुसेन
कात्तिक २२, २०८० बुधबार २१:५०:२०
२२ कार्तिक, वीरगञ्ज । वीरगञ्जको छपकैयामा रहेको सुर्या हस्पिटललेपनि बिरामीको उपचारमा म्याद गुज्रिएका औषधी र केमिल प्रयोग गर्ने गरेको भेटिएको वीरगन्ज महानगरपालिकाको अनुगमन समितिले जनाएको छ ।
महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितिले बुधबार सुर्या हस्पिटलमा पुगेर छड्के अनुगमन गर्दा बिरामीको उपचारमा म्याद गुज्रिएका औषधी र केमिकलहरु प्रयोग गरेको भेटिएको समितिका सदस्य कन्हैया ठाकुरले जानकारी दिए ।
अनुगमनका क्रममा सुर्या अस्पतालको ल्याबमा म्याद गुज्रिएका औषधी र केमिकल भेटिनुकासाथै अस्पतालको आकस्मिक कक्षपनि फोहोर अवस्थामा भेटिएको ठाकुरले बताए ।महानगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका ठाकुरले भने,‘ इमरजेन्सी वार्डपनि निक्कै फोहोर रहेको भेटियो ,अस्पतालले सरसफाइको मामिलामा एकदमै लापरवाही र बदमासी गरेको देखिन्छ ।
यस्तै बुधबार नै कृष्णा अस्पतालमापनि अनुगमन गरिएको उक्त अस्पतालमापनि सरसफाईको अवस्था नाजुक रहेको पाइएको ठाकुरले बताए ।दुवै अस्पताललाई पहिलो पटकका लागि सचेतमात्र गराइएको र फेरि यस्तो लापरवाही गरेको भेटिएमा अस्पताल नै शील गर्ने चेतावनी अस्पताल सञ्चालकहरुलाई दिइएको उनले बताए ।
यसअघि मंगलबार अनुगमन समितिले वीरगञ्जकै भवानी हस्पिटल र तराई हस्पिटलमा पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती दुवै अस्पतालमा पनि बिरामीको उपचारमा म्याद गुज्रिएका औषधी र केमिकल फेला परेको समितिले जनाएको थियो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, औषधी व्यवस्था विभाग वीरगन्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र वीरगन्ज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार