भेट्रान सिटीलाई 'सडन डेथ' मा हराउँदै नेपाल पुलिस फाइनलमा प्रवेश
आबिद हुसेन
कात्तिक २२, २०८० बुधबार २१:५७:१४
२२ कात्तिक, वीरगञ्ज । नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजक भेट्रान सिटि क्लब वीरगन्जलाई ट्राईबे्रकरमा हराउदै नेपाल पुलिस क्लबले फाईनलमा प्रवेश गरेको हो ।
९० मिनेटको निर्धारित समयमा खेलको सुरु देखि रोमान्चक बनेको खेल बिना गोल बराबरी भएको हो । खेलमा दुवै टिम विना गोल बराबरी खेलेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा दुबै टिम ७ ÷७ वटा पेनाल्टी हानेका थिए । जसमा नेपाली पुलिस क्लबले ५ गोल गर्न सफल भयो भने दुई वटा बल बाहिर गएको हो ।
यस्तै भेट्रान सिटि क्लबले ४ वटा गोल पेनाल्टी गोल गर्न सफल भयो भने ३ वटा बाहिर गएपछि नेपाल पुलिस क्लब जितेको हो । पहिलो पटक नेपाल पुलिसले ट्राईब्रेकरमा ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र २ वटा किपरले रोकेका थिए । नेपाल पुलिस क्लबका जर्सी नम्बर १६ का खेलाडी उज्जवल राई , जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङ्ग र जर्सी नम्बर ३ का खेलाडी पृथ्वी चौधरीले गोल गर्न सफल भए । भने जर्सी नम्बर ७ का रामचन्द्र वाजे र जर्सी नम्बर बुद्ध तामाङ्गले हानेको बल किपरले रोकेका थिए ।
त्यसपछि हानेको आयोजक भेट्रान सिटि क्लब वीरगन्जले ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र दुई वटा गोल हुन सकेन । भेट्रान सिटि क्लबका जर्सी नम्बर १३ का खेलाडी हेम तामाङ्ग , जर्सी नम्बर १४ का खेलाडी सुजल डंगोल र जर्सी नम्बर १ का गोल किपर राजु नगरकोटी गोल गर्न सफल भएका थिए । भने जर्सी नम्बर ५ का खेलाडी मान बहादुर परियार र जर्सी नम्बर २ का खेलाडी राजन चौधरीले हानेको गोल किपरले रोक्न सफल भए ।
दुवै टिमको पेनाल्टी बराबरी भएपछि त्यसपश्चात् पुन दुवै टिम थप दुई ÷दुई गोल पेनाल्टी हाने । त्यसमा नेपाल पुलिसका जर्सी नम्बर २ का हेमन्त श्रेष्ठ र जर्सी नम्बर २४ का विवेक सन्तोषीले गोल गर्न सफल भएका थिए । भने भेट्रान सिटि क्लबका जर्सी नम्बर ६ का विदेशी खेलाडी मुसाले गोल गर्न सफल भ्उ भने जर्सी नम्बर १९ का खेलाडी कार्लोस पटेल बाहिर हानेपछि नेपाल पुलिस क्लब जितेको हो । खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर १ का गोल किपर सत्रुघन चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा बिहिबार हुने दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र संकटा क्लब बिच हुने आयोजकले जनाएको छ । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार