कोशी प्रदेश सभामा आज पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार ९:१:३४
२३ कात्तिक, विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रदेश सभाका ८ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई प्रश्न सोध्ने भएका हुन् ।
आज बिहीबार ११ बजे बिहान बस्ने कोशी प्रदेश सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रम हुन लागेकाे बताइएकाे छ । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभा संचालन नियमावली २०७४ पहिलो शंसोधनको परिच्छेद ९ अनुसार प्रश्नोत्तर र ध्यानाकर्षण सम्बन्धी व्यवस्था अनुसार दफा ४० र ४१ बमोजिम सांसदहरुले मुख्यमन्त्रीलाई संसदमा प्रश्न गर्नेछन् ।
मुख्यमन्त्रीसँग प्रश्न गर्नका लागि १० जना सांसदहरुले प्रश्न दर्ता गराइसकेको र उत्तरका लागि तयारी गर्न मुख्यमन्त्रीलाई प्रश्न टिपाइसकेको बताइएकाे छ । सचिव पराजुलीका अनुसार सांसदहरुले मुख्यमन्त्रीसँग एक पटक पूरक प्रश्न पनि गर्न पाउनेछन् ।
कोशी प्रदेश सभाको पहिलो कार्यकालमा नियमावलीमा व्यवस्था भएपनि एक पटक पनि मुख्यमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएको थिएन । तर मुख्यमन्त्री कार्कीले संसदलाई जनमुखी र जवाफदेही बनाउन आफ्नो कार्यकालको सुरुवातमै भएपनि सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम राखेको बताएका छन् ।
कोशी प्रदेश सभा संचालन नियमावलीमा बैठकमा प्रश्नोत्तर र ध्यानाकर्षणसहित शून्य र विशेष समयमा बोल्न पाउने अनि नियमापत्ति गर्न पाउने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार