स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार ११:९:४४
२३ कात्तिक, विराटनगर । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एकजनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ३ लाख भारतीय रूपैयाँभन्दा बढी बोकेर नाकाबाट आउँदै गरेको अवस्थामा भारतीय नागरिक जैनुल हक पक्राउ गरेका हुन् ।
झापाको मेचीनगर नगरपालिका–६ बाट भारतीय नागरिकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगरस्थित भन्सार गेटमा ६२ बर्षीय भारतीय नागरिक जैनुल हकलाई पक्राउ गरेको हो ।
नाकामा जाँच गर्ने क्रममा उनको साथमा भारतीय ५ सय रुपैयाँको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो ।
उनले बोकेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । रकमसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार