श्रमिकका लागि कार्यस्थलको सुरक्षामा जोड
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार ११:२०:४४
२३ कात्तिक, विराटनगर । नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती हुन्छ । वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ । चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन् ।
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ६० हजारभन्दा बढी श्रमिकले चियाको बोट स्याहार्नेदेखि बजार पुर्याउँदासम्म काम गरिरहेका छन् । तर, चियावगान र चिया कारखानामा काम गर्ने श्रमिकका लागि स्वास्थ्य र सुरक्षाको क्षेत्रमा न सरकारले लगानी गरेको छ न त उद्यमीले नै । श्रम ऐनमा व्यवस्था भएका कतिपय सुविधाबाट समेत चिया श्रमिक र अलैंची खेतीमा काम गर्ने श्रमिक वञ्चित छन् ।
पछिल्लो समय स्वास्थ्य र सुरक्षाबारे सचेतना जगाउने उद्देश्यले इलाम र झापाका श्रमिकहरू लागि सञ्चालन गरेको विशेष कार्यक्रमबाट भने श्रमिक आफैंले आफ्नो स्वास्थ्य र सुरक्षामा चासो देखाउन थालेका छन् । उद्यमीहरु समेत यस विषयमा सचेतता अपनाउनु पर्ने रहेछ भन्न थालेका छन् । श्रमिकहरूको स्वास्थ्य र सुरक्षाका लागि सचेत भएर ध्यान दिने गरिएको चिया इलामका उद्यमी नन्दलाल भट्टराई बताउँछन् ।
इलाम र झापाका चिया बगानमा कार्यरत श्रमिकलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कानुन र नीतिलगायत विषयमा सचेतना जगाउने विशेष कार्यक्रम अन्तर्गत सचेतना मूलक तालिम लगायतको कार्यक्रम सञ्चालन गरिँदै आएको छ । कार्यक्रम सञ्चालनपछि त्यस क्षेत्रमा कार्यरत श्रमिकहरूले व्यावसायिक सुरक्षा र स्वास्थ्यबारे पहिले जानकारी नभएको विषयमा जानकारी पाएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले केही महिना अघिदेखि कोशी प्रदेशको इलाम जिल्लाका २० जनाभन्दा बढी कामदार रहेको उद्योगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम ‘पाइलट प्रोग्राम’ का रुपमा सञ्चालन गरेको परियोजनका कार्यक्रम फिल्ड संयोजक गोपाल पौड्यालको भनाइ छ ।
कार्यक्रम अन्तरगत हालसम्म इलामका १४ चिया उद्योग र झापाका ९ अलैँची उद्योग र ७ वटा चिया उद्योगका ५८० जना श्रमिकलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रम लागू भएका ३० उद्योगका २ जनाका दरले दुबै जिल्लामा श्रमिकलाई प्राथामिक स्वास्थ्य उपचार तालिम प्रदान गरिएको छ ।परियोजनाले श्रमिक व्यवसायी दुबै पक्षलाई सहयोग पुग्ने अन्तर्राष्ट्रिय श्रम संघ संगठन (आइएलओ) की दक्षिण एसिया हेर्ने प्रमुख प्राविधिक सल्लाहकार भारती विर्लाको भनाइ छ ।
कार्यक्रम सञ्चालन भएपछि इलाम र झापाका ३० उद्योगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य समिति गठन गरेर उद्योगमा सचेतना कार्यक्रम सञ्चालन गरेको महासंघका सहनिर्देशक तथा परियोजना व्यवस्थापक हरि पौड्यालले बताए ।
इलाममा चिया अलैँचीबाहेक अदुवा, दुग्ध उद्योगलगायतमा पनि उल्लेख्य संख्यामा श्रमिक रहेकाले त्यस क्षेत्रमा रहेका श्रमिकहरूलाई पनि व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका विषयमा जानकारी गराउनु पर्ने सरोकारवालाको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार