राहतमा जनार्दन हावीः दैनिक ५० भन्दा बढी राहत बोकेका गाडी पुग्छन जाजरकोट, स्टक भने शुन्य
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १२:२२:४७
२३ कात्तिक, काठमाडौं । प्रहरीका अनुसार जाजरकोटमा राहतका सामग्री बोकेर दैनिक ५० भन्दा बढी सवारीसाधन पुग्ने गरेका छन् । त्यहाँ पुगेका यी सामग्रीको स्टक भने शून्य छ । भुकम्पका लागि भनेर गएका धेरै जसो राहत सामग्री रुकुम पश्चिम पुगेका छन् । नेकपा माओवादीका नेता जनार्दन शर्मा हावी भएकाले धेरै राहत उता गएको हो ।
जिल्ला ट्राफिक प्रहरीको रेकर्डमा देखिए अनुसार खलंगाको त्रिभुवन माविमा राखिएको विपद् व्यवस्थापन समितिको गोदाममा पीडितलाई अति आवश्यक पर्ने अधिकांश राहत सामग्रीको ‘स्टक शून्य’ छ । सरकारी निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिहरूले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने मापदण्ड बनेको छ । तर, सार्वजनिक योगदानबाट संकलित राहत माओवादी नेता जनार्दन शर्माले राजनीतिक आस्था र पहुँचका आधारमा पश्चिम रुकुम पुर्याएर वितरण गरिरहेका छन् ।
शुक्रबार मध्य राति गएको भुकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट गायब भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको थाहा भयो । माओवादी नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको थियो ।
भूकम्पपीडित रुकुम पश्चिममा पनि छन्, जाजरकोटमा पनि । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्नेमा राजनीतिक पहुँच देखाउन उपयोग गरिएको आरोप छ । भुकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ भएको बताए । यो पनि रुकुम पश्चिम पुर्याइएको छ ।
जहाँका भए पनि पीडितले राहत पाउने कुरामा आफ्नो कुनै गुनासो नरहे पनि अघि पछिको राजनीतिक प्रतिशोध साधेर भूकम्पपीडितहरूलाई थप आहत बनाउने काम भएको घर्तीको आरोप छ । ‘सरकारी राहत पारदर्शी रूपमा अभिलिखित गरेर वितरण गर्नुपर्ने हो, राहत सबैले न्यायोचित पाउनुपर्ने हो । तर लुकाएर राति राति बाँडिएको छ । दल विशेषका नेताले राहतमा मनपरी गरेपछि भेरी नगरपालिकाले पनि एकद्वार प्रणालीबाहेक आफ्नै विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएको जनाएको छ ।
बुधबार जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न पनि रुकुम पश्चिमतर्फ लगिएको छ । जाजरकोटका पीडितले पर्याप्त कम्बल पनि पाएका छैनन् १३ वडा रहेको भेरीमा ३५ सय ३४ घरधुरीका १४ हजार ९ सय ९७ जना विस्थापित छन् । तर, अहिलेसम्म २८ सय ५५ त्रिपाल र ३९ सय ३० ब्ल्यांकेट उपलब्ध गराइएको छ । एउटा परिवारका चार जनाले एउटा ब्ल्यांकेट ओढेर सुत्नुपरेको पीडितहरुको गुनासो छ ।
बारेकोटका अध्यक्ष वीरबहादुर गिरीले जाजरकोटका प्रभावित गाउँमा अझै राहत नपुगेको बताए । ४३ सय घर प्रभावित भएको बारेकोटमा अहिलेसम्म ३ सय ८० ब्ल्यांकेट र ३ सय त्रिपाल मात्र पुगेका छन् । ‘आजसम्म पीडितले राहत पाए भन्न सक्ने अवस्था छैन । उनले भने, ‘पीडितहरू तरकारीका टनेलमुनि, चौरमा चामलका पुराना बोराले शीत छेकेर बस्न बाध्य छन् ।’ नजिकै रहेको रुकुममा भने प्रभावकै आधारमा राहत वितरण भइरहेको छ ।
शर्माको सिको गर्दै अरू नेताले पनि भोटको राजनीति गर्न लागेका छन् । अहिले नेताको प्रभावका आधारमा राहत गएको भनाइ छ, कांग्रेस जाजरकोटका सभापति खडक बीसीको । ‘वडाध्यक्ष, मेयरदेखि केन्द्रीय नेताहरू राहत लिएर जनताको जनमत बटुल्न व्यस्त छन्,’ उनले भने, ‘विपद्का बेला सरकारी र सार्वजनिक रूपमा संकलित राहतमा राजनीति नहुनुपर्ने हो, तर यहाँ यही भइरहेको छ, अहिलेको प्रभावले नेताहरू आगामी चुनाव जित्ने दाउमा छन ।’
उता, माओवादी नेता तथा पूर्व अर्थमन्त्री शर्माले भारतले पठाएको, सरकारले दिएको र आफैंले संकलन गरेको राहत बाँडेको बताएका छन् । जाजरकोट पठाइएको राहतसमेत एकलौटी गरी रुकुमस्थित आफ्नो निर्वाचन क्षेत्रमा लगेको आरोप उनी झुटो भएको बताउँछन् । जाजरकोट प्रशासनले भने थोरै सामान आएको र माग धेरै भएकाले आवश्यकताअनुसार उपलब्ध गराउन नसकिएको बताएको छ ।
जाजरकोटमा आधाभन्दा बढी घरधुरीमा राहत पुग्न नसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिचन्द्र शर्माले बताए । उनका अनुसार कुशे र जुनिचाँदे गाउँपालिकामा अझै राहत पुग्नै सकेको छैन भने भुकम्पको इपिसेन्टर बारेकोट गाउँपालिकास्थित रामी डाँडाका पीडितले पनि अझै राहत पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
अमेरिकामा घरबारबिहिनको संख्या साढे १८ प्रतिशतले बढ्यो, ७ लाख ७० हजार सडकमा
पुष १३, २०८१ शनिबार
सिचुवानको जहाज र उराठिलो माछापुछ्रे
पुष १३, २०८१ शनिबार
टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
पुष १३, २०८१ शनिबार
राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति
पुष १३, २०८१ शनिबार