मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन सुरु
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १३:८:१
२३ कात्तिक, वीरगञ्ज । मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११ गतेदेखि कानुन सङ्कायतर्फ बीएएलएलबी र जनप्रशासन सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । यसका लागि प्रवेश परीक्षामार्फत कानुन सङ्काय बीएएलएलबीमा भर्ना भएका एक सय १० र जनप्रशासन सङ्कायका ५५ विद्यार्थीका लागि विश्वविद्यालयले तीन दिने अनुशिक्षण कक्षा सञ्चालन गरेको हो ।
विश्वविद्यालयमै सञ्चालित अनुशिक्षण कक्षामा विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, रजिष्ट्रार विजयकुमार यादवले विश्वविद्यालयको अवस्था र भावी कार्ययोजनाबारे प्रशिक्षण दिए । यस्तै पर्सा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र जिल्ला सरकारी वकिल कार्यालय पर्साका सह न्यायाधिवक्ता रामकमुार थापाले कानुन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षण दिएको विश्वविद्यालयका रजिष्ट्रार यादवले जानकारी दिए ।
विद्यालयलाई सुष्मा श्रेष्ठ, वासुदेवलाल कर्ण र अरविन्द श्रेष्ठले विश्वविद्यालयको आचारण र विद्यालयले परिपालना गर्नुपर्ने विषयमा सहजीकरण गरे भने शैक्षिक क्रियाकलाप तथा विश्वविद्यालयको अनुशासनसम्बन्धी विश्वविद्यालयका कानुन तथा जनप्रशासन सङ्कायका डीन डा. मानबहादुर विश्वकर्माले सहजीकरण गरेको रजिष्ट्रार यादवले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सामाजिक न्यायसम्बन्धी अधिवक्ता विकास गुप्ताले सहजीकरण गरे ।
पठनपाठनका लागि मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ । विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा यी दुबै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाईसमेत अघि बढाएको छ ।
गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई वटा सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।
पोलिटेक्निक, आईटि, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जिनियरिङ लगायतका प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवको रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढ्ेको मधेस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपीआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिनुभयो ।
मधेस विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका – २ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको भने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठ (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पाएको छ । बहुदरमाई नगरपालिका– २ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएको भने पोखरीया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व मधेस विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ ।
मधेस विश्वविद्यालयले आफूलाई आवश्यक पर्ने विश्वविद्यालय सङ्गठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षा, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाई पारित गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार