मौद्रिक नीतिमा घोचपेच, नीति खुकुलो बनाउन अर्थमन्त्रीले प्रस्ताव गर्दा मौन बसे गभर्नर
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १३:२७:१
२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले फेरी पनि अर्थतन्त्रको यथोचित सुधार नहुनमा मौद्रिक नीति नै मुख्य कारक रहेको बताएका छन् । बिहीबार एसियाली बैकर्स एशोसिएसनको कार्यक्रममा एकै मन्च बसेका अर्थमन्त्री महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच मौद्रिक नीतिका विषयमा सामान्य घोचपेच पनि भए ।
मन्तव्य सुरु गरेलगत्तै मौद्रिक नीति खुकुलो बनाउन अर्थमन्त्री महतले प्रस्ताव गरे । उनले कसिलो नीतिले आर्थिक वृद्धिमा असर परेको बताए । अर्थमन्त्री महतले गभर्नरति हेर्दै मौद्रिक नीति खुकुलो बनाउनुपर्नेमा अझैसम्म राष्ट्र बैंकले कसेरै राखेको बताए । मौद्रिक नीति कसिलो हुँदा आर्थिक वृद्धिमा अझै असर परिरहेको उनले बताए ।
उच्च मुद्रास्फीति नियन्त्रण गर्न मौद्रिक नीति कडा बनाइए पनि अब खुकुलो बनाउने बेला आएको भन्दै उनले गभर्नरलाई सच्याउन आग्रह गरे । चर्को ब्याजदरले लगानीकर्ताको मनोबल कमजोर बनाउनुका साथै आर्थिक वृद्धि नै घटाएको छ, उत्पादकत्व, व्यापार र रोजगारीलाई कमजोर बनाएकाले मौद्रिक नीति अब खुकुलो बनाउन आवश्यक रहेको उनले बताए ।
मन्त्री महतले यसो भनिरहँदा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यक्रममै बसेर सुनिरहेका थिए । महतका अनुसार विश्वव्यापी अर्थतन्त्रले सामना गरिरहेको आर्थिक जोखिम बैंकिङ र वित्तीय क्षेत्रको ऋण र लगानी रणनीतिसँग जोडिएको छ जसले वित्तीय प्रणालीलाई खतरामा पार्न सक्छ । यसैले पनि मौद्रिक निितलाई अझै खुकुलो बनाउन आवश्यक छ ।
उनले नियामकसामु बृहत् आर्थिक र वित्तीय स्थायित्व कायम गर्ने चुनौती रहेको बताए । नीति निर्मातामा बलियो र प्रभावकारी नियामक प्रणाली निर्माण गर्ने चुनौती थपिएको छ । जुन प्रणालीले बृहत् आर्थिक र वित्तीय स्थायित्व कायम होस् । दीर्घकालीन वृद्धिलाई पुनःस्थापित गर्न मद्दत पुगोस् । महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न एसियाका बैंकहरुलाई आह्वान गरे ।
जलविद्युतमा लगानीका लागि सरकारले राम्रो वातावरण बनाएको छ । बजारको चिन्ता गर्नुपर्दैन । भारतले १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने छ । विश्व बैंक र एसियाली विकास बैंकले नेपालको जलविद्युत क्षेत्रमा ठूलो लगानी गर्दै छन् । तपाइंहरुको लगानीलाई स्वागत गर्न हामी आतुर छौं, उनले भने ।
त्यसअघि बोलेका गभर्नर अधिकारीले कोभिडको महामारीबाट पुनरावृत्ति भइरहेका बेला विश्व बैंकिङ प्रणालीले विश्वव्यापी अनिश्चित वातावरणबाट ठूलो चुनौतीको सामना गरिरहेको बताए । बैंकिङ प्रणाली पनि यसबाट अछुतो नरहेको भन्दै कोभिड–१९ को संकटका बेला पनि बलियो रहेको विश्वव्यापी वित्तीय प्रणालीले अहिले चुनौती सामना गर्नु परिरहेको दावी गरे ।
उन्नत अर्थतन्त्रका केही बैंकले उथलपुथलको सामना गर्दा वर्षको सुरुबाटै लक्षणहरू देखा परेको तर, एसियाली बैंक त्यो अवधिमा उच्चस्तरको लचिलोपन देखाउन सक्षम भएपनि कमजोरीहरू अझै कायमै रहेको भन्दै बैंकिङ व्यवसाय प्रत्यक्षरूपमा आर्थिक अवस्थासँग सम्बन्धित हुने बताए ।
उनले भने, ‘आईएमएफको भर्खरैको विश्व आर्थिक समीक्षाले उल्लेख गरेअनुसार बढ्दो विचलनसँगै विश्व अर्थतन्त्र अझै लड्खडाइरहेको छ । विश्वव्यापी वित्तीय जोखिमको स्पिलओभर डोमेस्टिक मार्केटमा देखिएको संकेत छ । धेरैजसो विकसित अर्थतन्त्रहरूमा मुद्रास्फीति मध्यम छ । तर अझै पनि केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि नै छ । केही उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूले अझै पनि उच्च मुद्रास्फीतिको सामना गरिरहेका छन् ।’
गभर्नर अधिकारी जब ब्याजदर लामो अवधिका लागि तुलनात्मक रूपमा उच्च रहन्छ तब स्वाभाविक रूपमा ऋणको माग घटने र अर्कातर्फ आर्थिक मन्दीले वित्तीय प्रणालीमा खराब कर्जा वृद्धि हुने संकेत गरेको बताए । एसियाली बैंकहरूले यी जोखिमलाई आत्मसात गर्न र व्यवस्थापन गर्न सजग र सतर्क हुन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘परिवर्तनशील बैंकिङ परिदृश्य र अनिश्चित विश्वव्यापी वातावरणमा दिगो रहन आवश्यक छ । आर्थिक गतिविधिमा परेको असरलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाउन थालिसकेको छ । द्रुत प्राविधिक परिवर्तनले बैंकिङ प्रणालीमा धेरै फाइदा भइको छ । नयाँ फिनटेकको विकासले बैंकिङलाई व्यवसायमा रूपान्तरण गरिरहेको छ । तर, योसँगै यसले बैंकिङ प्रणालीमा स्थायित्व कायम गर्न विभिन्न जोखिम खडा गरेको छ ।’
गभर्नर अधिकारीले मौद्रिक नीति खुकुलो बनाउनुपर्ने विषयमा महत्व दिएनन् । न्यून आर्थिक वृद्धिलाई उकास्न उच्च लगानी आवश्यक छ भन्ने कुरामा हामी सबै सचेत छौ । नेपालको बचत औसतमा १० प्रतिशतभन्दा कम छ । आर्थिक वृद्धिदर बढाउन यो पर्याप्त छैन । बैंकको वृद्धि उच्च पुँजी निर्माणका लागि बचत बढाउने कुञ्जी हो । जुन हाम्रो आर्थिक वृद्धिका लागि आवश्यक छ । नेपाली बैंकिङ प्रणाली वित्तीय उदारीकरण नीतिअनुसार विगत तीन दशकमा विकासमा द्रुत विस्तार भएको छ । फलस्वरूप वित्तीय पहुँच अत्यधिक वृद्धि भएको छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार