माग सम्बोधन गर्न ३० दिनको समय दिएर प्रधानमन्त्रीलाई मधेस सरकारले बुझायो ६ बुँदे ध्यानाकर्षण पत्र
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १४:४९:२९
२३ कात्तिक, काठमाडौं । मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
संघीयताको आठ वर्ष बितिसक्दासमेत प्रदेश सरकारले पूर्णसंवैधानिक अधिकार नपाएकाले ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए । ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी उनले दिए ।
प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजन विषयमा आधारित भई ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
बुधबार ५ अंकले बढेर २५८१ मा नेप्से उक्लिए पनि ३ अर्ब ५९ मा सीमित भयो कारोबार रकम
पुष १७, २०८१ बुधबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार