गुलियो चिनीको तीतो असर ?

नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १४:५५:४७
डा.अरुणा उप्रेती
२३ कात्तिक, काठमाडौं । तपाईलाई मधुमेह, उच्च रक्तचाप, हृदयघात आदि समस्या छैन भने त्यो पक्कै पनि सुखद समाचार हो । तर, आफू स्वस्थ छु भन्दैमा कुनै पनि प्रकारको गुलियो खानेकुरा खाने अनुमति छैन है ।
थप मात्रामा खाएको सुगर 'गुलियो मात्रा' स्वास्थ्यका लागि पक्कै पनि हानिकारक छ तर लुकेको सुगर 'परिमार्जित खाना, पकाएको खाना, मिठाई' इत्यादिले तपाईंलाई उपचार नै असम्भव हुने गरी हानि गरेको हुन्छ । चिनीले मधुमेह रोग मात्र निम्त्याउँछ भन्ने भ्रममा हुनुहुन्छ भने एकपटक राम्रोसँग सोच्नुहोस् । चिनीका बेफाइदा धेरै छन् ।
जब चिनीको भाउ आकासिन्छ वा बजारमा अभाव हुन्छ, त्यसले गृहणीमा चिन्ता पैदा गर्छ । उनीहरुलाई लाग्छ, ‘चिनी पाइएन भने कसरी मीठा परिकार बनाउने ?’ चिनी महंगो हुँदा भोजभतेर खल्लो हुने भयो भन्ने गुनासोहरु पनि बेलाबखत सुनिन्छ । सही हो, चिनी स्वादिलो हुन्छ । गुलियो हुन्छ । तर, जिब्रोको लागि गुलियो चिनी स्वास्थ्यका लागि चाहिँ लाभदायक छैन ।
सायद गृहणीहरुलाई यो कुराको वोध हुँदो हो त, ‘चिनी नपाएर खानेकुरा खल्लो हुन्छ’ भन्ने मानसिकता बदलिन्थ्यो होला । हुन त अहिलेको जमानामा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भन्नु उति व्यवहारिक नहोला । तर, चिनी नखाँदैमा स्वास्थ्यमा केही फरक पर्दैन । यो कुरा चाहिँ सबैले थाहा पाउनुपर्छ ।
चिनीले स्वास्थ्यमा के कस्तो समस्या निम्त्याउँछ त ? सोझो असर हेर्न बालबालिकाको दाँत हेरे पुग्छ । चकलेट, आइसक्रिम, मिठाई जस्ता चिनीजन्य खानेकुरा खाने बालबालिका दाँत र मुखको समस्याले ग्रस्त हुन्छन् । अहिले त हामी, बालबालिकालाई खुसी पार्न चकलेट दिन्छौं, उपहार पनि चकलेटरमीठाई नै । मायाले दिएका यी खद्यपदार्थले बालबालिकाको स्वास्थ्यमा भने प्रतिकुल असर पर्छ । सानै उमेरमा दाँतमा किरा लाग्नु यसैको नतिजा हो ।
कति अभिभावक त सचेत छन् । सकेसम्म उनीहरु आफ्ना छोराछोरीलाई चकलेट, मिठाइबाट अलग गराउन खोज्छन् । चिनीले बालबालिकामा मात्र होइन, किशोर-किशोरी, वयस्क, बृद्धबृद्धा सबैमा यसको नकारात्मक असर पर्छ । किशोरावस्थामा गुलियो खानेकुरा खानाले नै हो, मोटोपन बढाउने । अहिले कतिपय किशोर-किशोरी अस्वाभाविक मोटाएका हुन्छन् । यिनीहरु जहिले पनि मुटु रोगको जोखिममा हुन्छन् ।
मुटु रोगलाई बिगतमा खानदानी रोग पनि भनिन्थ्यो । संभ्रान्त एवं हुनेखानेलाई मात्र लाग्ने । मीठो मसिनो खाने तर शारीरिक श्रम नगर्नेहरु मुटु रोगका शिकार बन्थे । तर, अहिले गुलियोको अधिकतम प्रयोगले यो सबै वर्गमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संघले केही वर्षअघि मात्र ‘चिनीले स्वास्थ्यमा असर पार्ने’ भनी औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो दश बर्षमा जनस्वास्थ्य विशेषज्ञ, पोषणविद्, दन्त चिकित्सकहरुले भन्दै आएको कुरालाई उसले बल्ल मोहर लगाएको हो ।
विश्व स्वास्थ्य संघले यो पुष्टि गरिरहँदा केही जनस्वास्थ्य विशेषज्ञहरुले ‘२००२ देखि नै खानेकुरामा चिनीजन्य भोजनको मात्रा कम हुनुपर्छ’ भनेर निष्कर्ष निकालिसकेको थियो । ‘ब्रिटिस मेडिकल पत्रिका’ जनस्वास्थ्यको क्षेत्रमा एक प्रतिष्ठित नाम हो । यसले लेखेको छ, ‘सिधै चिनी खानाले मात्र नभई चिनी हालेका मिठाई, फलफूलका रम, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा किरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ ।’ हामीकहाँ मात्र होइन, अमेरिकामा पनि छ यस्तो समस्या । परिणामः छोराछोरीमा मोटोपन लगायतका अनेकौ समस्या पैदा भएको छ ।
यसै विषयलाई लिएर अहिले स्वास्थ्यकर्मीहरु चिन्तित छन् । यसलाई कसरी न्युनिकरण गर्ने भन्ने सम्वन्धमा बहस सुरु भएको छ । बट्टाका फलफूलको रस व्यक्तिले पिउनु हुँदैन, किनभने यसमा चिनीको मात्रा धेरै हुन्छ भनेर बारम्बार चिकित्सकहरूले भन्दै आएका छन्। तर प्रायजसो व्यक्ति बट्टामा राखिएको जुस ताजा फलफूलको रसबाट नै बनाएको हुन्छ भन्ने भ्रममा पर्छन् र यस्तो पेयपदार्थ प्रयोग गर्छन्। र, पैसा तिरेर खराब स्वास्थ्य किन्छन्।
हामीले चिनी खान्न भने पनि बिस्कुट, चकलेट, विभिन्न चिसो पेय पदार्थ लगायतका विभिन्न बस्तुमा लुकेको चिनी थाहै नपाइकन पनि खाइरहेका हुन्छौं, जसका बारेमा हामीलाई पत्तै हुँदैन । त्यसले हामी र हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्दछ । कतिपय आमाबाबुले आफ्नो सन्तानलाई घरको दालभात नखाए पनि कमसेकम बट्टाको फलफूल खायो भने त शरीरमा तागत पुग्छ भन्ने ठानेर चिनीले भरिएको फलफूलको झोल दिन्छन्।
ती मातापिताले बुझेका हुँदैनन, यसरी फलफूलको रस भनेर चिनीको झोल दिँदा बच्चाको दाँत सबै खराब हुन्छ। बच्चालाई अस्वस्थ होस्, दाँत बिग्रियोस्, कुपोषण होस्, भविष्यमा मधुमेहको सिकार बनोस्, उच्च रक्तचापको औषधि सेवन गरोस्, सानैदेखि मोटोपन भएर अनेक किसिमको समस्या होस् भन्ने आशिर्वाद दिन चाहनुहुन्छ भने दिनोस् बट्टामा भएको चिनीको फलफूलको रस होइन आफ्ना छोराछोरीलाई दिने चिनीजन्य पदार्थ कति विषाक्त छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझगडा गर्ने जोडीको सम्बन्ध १० गुणा बलियो
मंसिर १४, २०८० बिहिबार
आवश्यकताभन्दा बढी साथीहरू सम्बन्धका लागि हानिकारक
मंसिर १२, २०८० मंगलबार
पैताला किन पोल्छ ? यस्ता छन् घरेलु उपचार
मंसिर ३, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार