तिब्बत सरकारले भूकम्पपीडितका लागि ५ करोड सहयोग दिने
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १४:५९:४९
२३ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङले जाजरकोट–रुकुम भूकम्प प्रभावितका लागि ५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सीपीसी नेता वाङले प्रभावित क्षेत्रमा तुरुन्तै पुग्ने गरी सहयोग गर्ने बताएका हुन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार वाङले चीन सरकारले गरेको भन्दा छुट्टै सहयोग घोषणा गरेका हुन् ।
भेटका क्रममा संघीय मामिला मन्त्रालयसँग सन् २०२४ देखि ०२८ सम्म नेपालको स्वास्थ्य, शिक्षा र जीवनस्तर उकास्नका लागि २० मिलियन आरएम्बी (२६ करोड ४५ लाख नेपाली रुपैयाँ) सहयोग गर्ने बारे एमओयू गर्ने विषयमा छलफल भएको छ । वाङको नेपाल भ्रमणकै क्रममा मन्त्रालयसँग यस विषयमा एमओयू हुने छ ।
डिसेम्बर १३ बाट केरला नाका सञ्चालनमा ल्याउने र परम्परागत नाकाहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको सापकोटाले जानकारी दिए । सीपीसीका नेता वाङले तिब्बतको ल्हासा विमानस्थल पूननिर्माणको काम सम्पन्न भइसकेको भन्दै छिट्टै नेपाल र ल्हासाबीच पुनः हवाई सञ्चालन गर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्पको धक्का
पुष १८, २०८१ बिहिबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार