बुटवलमा दीपावली महोत्सव हुने
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १५:५८:४१
२३ कात्तिक, बुटवल । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते ‘दीपावली महोत्सव–२०८०, बुटवल’ आयोजना गर्न लागिएको हो । उक्त संघको शुक्रबार सङ्घ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिसमेत गठन गरेकोे संघका महासचिव मुक्ति अधिकारीले जानकारी गराए ।
महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा उपमहानगरपालिकाको वडानं ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहने छन् । सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ ।
यसैगरी गठन गरिएको विभिन्न छ उपसमितिमा सङ्घका पदाधिकारी, कार्यसमितिका सदस्य, तीन वटै वडाका एक एकजना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने सम्बन्धित क्षेत्रको टोल विकास संस्थाका पदाधिकारीलाई सदस्यमा रखिएको छ ।
उक्त सङ्घले पहिलो पटक आयोजना गर्न लागेको सो महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन हुने जनाइएको छ ।
बुटवलको खस्किँदो व्यापार प्रवद्र्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यावसायिक तथा सामाथिक सङ्घसंस्था तथा आम समुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताका लागि अनुरोध पनि गरे । दीपावली महोत्सवले यस क्षेत्रको व्यापार र व्यवसायलाई चलायमान तथा प्रवद्र्धन गराउनाका साथै आर्थिक गतिविधिलाईसमेत चलायमान बनाउन मद्दत गर्ने संघका पूर्वअध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
आज देखि पोखरामा बेलुन महोत्सव
पुष ९, २०८१ मंगलबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार