खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १६:४५:११
२३ कात्तिक, काठमाडौं । झापा र पर्साबाट खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ परेका छन् । झापाको भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका-४ हरदासपुर टोल बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै-झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार