चलचित्र परदेशी–२ माल्टामा प्रर्दशन हुँदै
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १६:४९:४०
२३ कार्तिक, काठमाडौं । चलचित्र परदेशी–२ युरोपेली मुलुक माल्टामा प्रर्दशन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त चलचित्र ग्यालेरिया सिनेमा एफगुरामा प्रर्दशन हुने भएको हो । माल्टास्थित ब्लु हर्ष इन्टरटेन्मेन्टले काठमाडौँस्थित राइज मिडिया नेटवर्कको सहकार्यमा फिल्म प्रर्दशन गर्न लागेको हो ।
सो–सम्बन्धी बिहिबार सम्झौता गरिएको छ । सम्झौता कार्यक्रममा परदेशी चलचित्रका निर्देशक नारायण रायमाझी, निर्माता राजेश बंशल र राइज मिडियाका तर्फबाट संस्थाकी निर्देशक एवं लोकगायिका सुनिता दुलाल तथा प्रशासन प्रमुख अशोक गुरुङ उपस्थित थिए । तथा प्रशासन प्रमुख अशोक गुरुङ उपस्थित थिए ।
चलचित्रले देशप्रतिको आशा, समाजप्रतिको अपेक्षा, बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई जीवन्त ढंगले उजागर गरेको छ । विदेशमा बस्नेहरूले कस्तो जिन्दगी भोगिरहेका छन् । हाम्रो नेपाली समाज, मूल्य, मान्यता, संस्कृति, र देश विकासको जनअपेक्षा समेत चलचित्रले उठान गरेको छ ।
बर्षौदेखि, परदेशीनु नेपालीहरुको नियति नै बनिसकेको छ। त्यही नियतिको कथालाई परदेशी-२ चलचित्रले पर्दामा उतारेको छ। दुई घण्टा २० मिनेट लामे चलचित्रको अधिकांश कथा र पात्रको भोगाइले दर्शकलाई मनोरंजन सँगै पटक–पटक भावुक बनाउँछ । गोर्खा पल्टन र परदेशी चलचित्र मार्फत नेपाली दर्शकको नाडी छामिसकेका निर्माता निर्देशक नारायण रायमाझीले नेपाली दर्शकको मनभित्रको कारुनिकतालाई पर्दामा उतारेका छन्।
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ। चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ।
चलचित्र बारे थप जानकारीका लागि ब्लु हर्ष ईन्टरटेन्टमेन्टका संयोजक डि।एस।राणालाई ९९९६ ९०३४ मा सम्पर्क गर्न सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
फिल्म ‘मायावी’ को रिलिज मिति पछि सर्यो
असोज १, २०८१ मंगलबार
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार