क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलतालाई डब्लुएचओले गर्याे स्वीकार
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १७:२८:३१
२३ कात्तिक, नयाँदिल्ली । विश्व स्वास्थ्य सङ्गठन 'डब्लुएचओ' ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार बताएको छ ।
“भारतको प्रयासका कारण सन् २०२२ मा 'सन् २०१५ देखि' क्षयरोगको घटनामा १६ प्रतिशत कमी आएको छ, यो वैश्विक क्षयरोगका घटनामा भएको गिरावट 'आठ दशमलव सात प्रतिशत' भन्दा करिब दुई गुणा हो । यस अवधिमा भारत र वैश्विकस्तरमा क्षयरोगबाट हुने मृत्युदर पनि १८ प्रतिशतले घटेको छ”, मन्त्रालयले भनेको छ, “डब्लुएचओले सन् २०२१ मा चार लाख ९४ हजारबाट सन् २०२२ मा तीन लाख ३१ हजारमा क्षयरोगको मृत्युदरलाई ३४ प्रतिशतभन्दा बढीले घटाएर संशोधन गरेको छ ।”
डब्लुएचओले मंगलबार आफ्नो ग्लोबल क्षयरोग रिपोर्ट २०२३ जारी गर्दै भारतमा क्षयरोगको मामिला पत्ता लगाउने सुधारमा ठूलो प्रगति गरेको बताएको छ ।
“अनुमानित क्षयरोग मामिलाको उपचार बढेर ८० प्रतिशत भएको छ, यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो”, मन्त्रालयले भनेको छ, “भारतले राष्ट्रिय स्वास्थ्य मिसनको तत्वावधानमा लागू गरिएको राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रममा थप लगानी गरेर क्षयरोग उन्मूलन प्रयासहरूलाई प्राथमिकता दिनका लागि साहसिक कदम चालेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार