मुगुमा चार जनाको हत्या आरोपमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार २२:८:२५
२३ कात्तिक, मुगु । मुगुको छायानाथ रारा नगरपालिकास्थित एकै परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही र गोपाल बोहोरा रहेका छन् । ‘दुई जना पक्राउ गरिएको छ, विस्तृत भोलीमात्रै थाह हुन्छ’, सीआईबी स्रोतले भन्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो 'सीआईबी'बाट खटिएको टोलीले उनीहरुलाई कोहोलपुरबाट पक्राउ गरिएको हो ।
हत्या भएको घट्ना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या आरोपमा शाही र बोहोरालाई पक्राउ गरेको हो । घटनामा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको आशंकमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतले गोरखबहादुर मृतकका नातेदार पनि भएको प्रहरीले दावी गरेको छ ।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका थिए । घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए ।
सामूहिक हत्या भएको लामो समयसम्म पनि आरोपित पक्राउ नगर्दा प्रहरीको आलोचना भइरहेको थियाे। सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो । प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पनि डीएसपी धर्मराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो । सोही टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार