शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८० हुने
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार २३:६:५
२३ कात्तिक, काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्ष देखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्त्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ । यस प्रतियोगितामा मधेस प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागी हुन सक्नेछन् ।
प्रतियोगिता ३ विभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभागी महिलाहरूले आफ्नो विस्तृत जानकारी एवम आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाटसएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिकार नगरपालिकामार्फत बुझाउन मिल्ने सुविधा समेत मिलाईएको कम्पनीले जनाएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेको छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि छानिने छन् । दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरूले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्नेछ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै संचालन हुनेछ ।
अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु छानिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने छ । उनीहरूले बनाएको भएको चित्रकलाको मूल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार