विद्युत् प्राधिकरणमा मागियो नयाँ कर्मचारी, सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन सकिने
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार ११:३१:४१
२४ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा नयाँ कर्मचारीका आवेदन आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन आह्वान गरेको हो ।
दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागिएको हो ।सूचनाअनुसार १४ मंसिरसम्म दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदहरुमा दरखास्त दिनुपर्ने उल्लेख गरिएको छ ।
प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर ७६, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा २२, सुपरभाइजर तहको सिभिल समूहमा १२, सिनियर मिटर रिडर ५४, सहायक लेखापाल ६२, फोरमेन १८४, इलेक्ट्रिसियन १३४ र जुनियर मिस्त्री २२ जना गरेर दरखास्त आह्वान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार