धनतेरसमा चढाउन सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भए, आजसम्म मात्र खरिद गर्न पाइने
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार ११:३२:४८
२४ कात्तिक, काठमाडौं । धनतेरमा चढाउन प्रयोग गरिने सुनचाँदीका ४३ हजार थान सिक्का बिक्री भएका छन् । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागबाट धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो । बिहीबारसम्ममा यति सिक्का बिक्री भएका हुन् । यस्ता सिक्का आजसम्म मात्र बिक्री हुन्छन् ।
आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभागले जनाएको छ । राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ । सुनचाँदीको प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी राष्ट्र बैंकले सिक्का बिक्री गर्दै आएको छ ।
धनतेरसमा लक्ष्मीको पूजा गर्दा सुन–चाँदीका सिक्का राखेर पूजा गर्ने चलन छ । त्यसैले राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुन–चाँदीका सिक्का बिक्री गर्दै आएको छ । राष्ट्र बैंकका कर्मचारीहरुका अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष सुन–चाँदीका सिक्काको माग बढी छ ।
विभागका कर्मचारीलाई सिक्का बेच्न भ्याइनभ्याइ छ । सुरक्षाकर्मी पनि लाइन व्यवस्थापनमै तल्लीन छन् । आज पनि सुन र चाँदीका सिक्का किन्न सर्वसाधारण तँछाडमछाड गरिरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष सिक्काको माग बढेको राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले बताए ।
आइतबारदेखि बिहीबारसम्म सुन र चाँदीका गरी करिब ४३ हजार थान सिक्का बिक्री भइसकेको आचार्यले जानकारी दिए । गएको पाँच दिनमा सुनका १० ग्राम र ५ ग्रामका असर्फी ७ हजार थान, २.५ ग्रामको ५ हजार थान बिक्री भइसकेको छ । सोही अवधिमा चाँदीका १० ग्रामका सिक्का २८ हजार र २५ ग्रामका ३ हजार थान बिक्री भएका छन् । तिहार र धनतेरसका लागि राष्ट्र बैंकले आज शुक्रबारसम्म सिक्का बिक्री गर्ने जनाएको छ ।
सुनको बजार मूल्यका आधारमा असर्फीको मूल्य तय हुन्छ । बजारमा सुनका गहना खरिद गरेजस्तै राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ । बजारमा सुनचाँदी पसलमा पनि असर्फी बिक्रीका लागि राखिएको हुन्छ । तर राष्ट्र बैंक सरकारी निकाय भएकाले गुणस्तरमा विश्वस्त हुन सकिन्छ । सर्वसाधारणबाहेक संगठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भए असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यताका आधारमा विभागीय निर्णयबाट राष्ट्र बैंकले बिक्री गर्छ ।
सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर संस्थाको हकमा प्रतिग्राम ५ सय रुपैयाँ थप हुने राष्ट्र बैंकले बताएको छ । बिहीबारको सुनको मूल्यअनुसार असर्फीको मूल्य साढे २ ग्रामको २५ हजार १ सय २० रुपैयाँ, ५ ग्रामको ५० हजार २ सय ४० रुपैयाँ र १० ग्रामको १ लाख ४ सय ८० रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार