कौशलटारमा समातिएको चितुवालाई चिडियाखाना लगियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार १३:१०:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_VF0pMjnb0x_yQTrUXgwtA.jpg)
२४कात्तिक, काठमाडौं । भक्तपुरको कौशलटारमा फेला परेको चितुवालाई उद्धार गरी चिडियाखाना लगिएको छ । शुक्रबार बिहान मध्यपुरठिमी नगरपालिका–३ स्थित प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा लुकेर बसेको अवस्थामा एउटा वयस्क चितुवा फेला परेको थियो ।
एक्कासी बस्तीमा आइपुगेको चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । लगत्तै डिभिजन वन कार्यालय काठमाडौं र भक्तपुरको टोलीले डार्ट हानेर चितुवालाई नियन्त्रणमा लिएका हुन् ।
चितुवा नियन्त्रणका लागि काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो । टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्ट पनि थिए । बन कार्यालयले नियन्त्रणमा लिएको चितुवालाई उद्धार गरी जावलाखेलस्थित चिडियाखाना लगिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठककाअनुसार चितुवाको आक्रमणबाट स्थानीय ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीय संगिता आलेमगर घाइते भएका छन् । उनीहरुलाई उपचारकालागि मध्यपुर अस्पताल लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार