निम्न व्यापारी संघद्वारा भूकम्पपीडितलाई कपडा सहयोग
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार १६:४५:५१
२४ कात्तिक, काठमाडौं । काठमाडौं निम्न व्यापारी संघ, खुला बजार भृकुटीमण्डपले भूकम्पपीडितलाई रु सात लाख बराबरको कपडा सहयोग गरेको छ ।
सङ्घले भूकम्पपीडितका लागि सङ्कलित लत्ताकपडा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाजकल्याण परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यलाई भृकुटीमण्डपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सो अवसरमा मन्त्री आचार्यले भूकम्पबाट धेरैजसो महिला र बालबालिका प्रभावित भएको बताउँदै प्राकृतिक विपत्तिको यस दुःखको घडीमा सरकार सदैव पीडित जनताको साथमा रहेको बताए ।
समाजकल्याण परिषद्का आर्थिक विभाग प्रमुख दुर्गा भट्टराईका अनुसार सङ्कलित राहत सामग्रीमा हाइनेक, ट्राउजर, पोलार ब्ल्याङ्केट, पछ्यौरा, रिभरसिभर ज्याकेट, बालबालिकाका लागि पाइन्ट, टोपी र स्यानिटरी प्याडलगायतका लत्ताकपडाका छन् ।
यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार