भूकम्पमा ज्यान गुमाएका परिवारलाई तत्काल २ लाख दिने कर्णाली सरकारको घोषणा
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार २१:४७:१७
२४ कात्तिक, सुर्खेत । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई कर्णाली सरकारले २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत दिने निर्णय गरेको हो ।
प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा शुक्रबारसम्म १५४ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश सरकारले भूकम्पमा घाइते भएकाहरूलाई घाइते भएकाहरूलाई पनि उपचार खर्च उपलब्ध गराउने उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै एक जना मृतक भएको परिवारले २५ हजार रुपैयाँ किरिया खर्च पाउनेछन् । परिवारका सबै जना मृतक भएको खण्डमा त्यस्ता परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्चबापत दिने निर्णय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार