आर्थिक अनुसन्धान विभाग आफू मातहतमा राखेर गभर्नर अधिकारीले फेरे डेपुटी गभर्नरहरुको जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार १४:३८:१७
२५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका महत्वपूर्ण विभागहरूको जिम्मेवारीमा हेरफेर भएको छ । गभर्नरको जिम्मेवारीमा आएको लामो समयपछि गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरहरूको जिम्मेवारीमा फेरबदल गरेका छन् । जिम्मेवारी फेरबदल गर्ने क्रममा राष्ट्र बैंकको महत्वपूर्ण विभागका रुपमा रहेको आर्थिक अनुसन्धान विभाग आफू मातहतमा ल्याएका छन् ।
यसअघि यो विभाग डेपुटी गभर्नर निलम ढुंगानाले सम्हाल्दै आएकी थिइन् । डेपुटी गभर्नर ढुंगानासँग रहेका अन्य दुई विभागमा जिम्मेवारी फेरिएको छ । उनले सम्हाल्दै आएका भुक्तानी प्रणाली विभाग र नियमन विभागको जिम्मेवारी गभर्नर अधिकारीले अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई सुम्पिएका छन् ।
राष्ट्र बैंक कर्मचारीले दिएको जानकारी अनुसार यसअघि मिश्रले नेतृत्व गरिरहेको सुपरीवेक्षण विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी अब ढुंगानालाई दिइएको छ । अब डेपुटी गभर्नर मिश्रसँग राष्ट्र बैंकमा महत्वपूर्ण मानिने एउटा मात्र नियमन विभाग रहेको छ ।
कर्मचारीका अनुसार डेपुटी गभर्नर ढुंगानालाई मानव संसाधन व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालयको जिम्मेवारी पनि थपिएको छ । अर्का डेपुटी गभर्नर मिश्रले मौद्रिक व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग पाएका छन् ।
अनुसन्धान विभागका साथै गभर्नर कार्यालय, वित्तीय जानकारी इकाई, आन्तरिक लेखा परीक्षण विभाग र कानुन महाशाखा विभाग गभर्नर अधिकारी मातहत ल्याइएको छ । यो जिम्मेवारी गत आइतबारदेखि लागु भएको छ । विगतमा डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिनाको मातहतमा रहेको आर्थिक अनुसन्धान विभागलाई गभर्नरले आफू मातहतमा लगेपछि वित्तीय क्षेत्रमा केही कडाइको नीति आउने अपेक्षा गरिएको छ ।
आर्थिक अनुसन्धान विभाग महत्वपूर्ण भएकाले यसअघिका गभर्नरहरूले पनि चलाउँदै आएका थिए । राष्ट्र बैंकको स्थापनापछि आएका गभर्नरहरूले विशेष गरेर यो विभागलाई केही आफू अन्तर्गत राख्ने र कहिले आफूले विश्वास गरेको डेपुटी गभर्नरलाई दिने गरिएको थियो । राष्ट्र बैंकले हेरफेर गर्ने नीतिको विषयमा आर्थिक अनुसन्धान विभागले काम गर्ने भएकाले यस विभागमा डेपुटी गभर्नर र गभर्नरको विशेष चासो रहन्छ ।
यसअघि युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर भएका समयमा आर्थिक अनुसन्धान विभागलाई गभर्नर कार्यालय मातहत लगिएको थियो । चिरञ्जीवी नेपाल गभर्नर भएका समयमा यो आर्थिक अनुसन्धान विभाग डेपुटी गभर्नरले चलाएका थिए । जिम्मेवारी हेरफेरपछि आर्थिक अनुसन्धान विभागले सिधैं गभर्नरलाई रिपोर्टिङ गर्नुपर्छ यसअघि डेपुटी गभर्नर मार्फत् गभर्नरलाई रिपोर्टिङ हुने गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयो पटक दशैँलाई कटन बेस्ड कागजका सुकिलो नोट
भदौ २१, २०८१ शुक्रबार
कस्तो छ आजको विनिमय दर ?
भदौ २१, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २०, २०८१ बिहिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार