विमानस्थलका डीआईजीले सित्तैमा बैंकक घुम्न खोज्दा ‘लोभी’को उपाधि
नेपालबहस संवाददाता
कात्तिक २६, २०८० आइतबार १२:५८:५
२६ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रिय पात्र रहेका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड प्रमुखका रुपमा खटिएका डीआईजी अर्जुन चन्द ठकुरीले सित्तैमा थाइल्याण्डको बैंकक घुम्न खोजेपछि प्रहरी प्रधान कार्यालय, गृहमन्त्रालय र पर्यटन मन्त्रालयसम्म हलचल पैदा भएको छ ।
विमानस्थल बाहिरबाट बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा समेत उपप्रधानमन्त्री श्रेष्ठलाई रिझाएर बसेका डीआईजी चन्दले केही दिन अघि नेपाल वायुसेवा निगमसँग परिवारसहित बैंकक घुम्न सित्तैमा टिकट मागेपछि हलचल पैदा भएको हो । ‘उहाँले परिवारसहित सित्तैमा बैंकक घुम्न जाने विचार गर्नुभएको रहेछ, त्यसको जानकारी सबैतिर भयो, अहिले उहाँ समस्यामा हुनुहुन्छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।
उनका अनुसार गृहमन्त्री श्रेष्ठ, उनको स्वकीय सचिवालयका सदस्यहरू सुशन कर्माचार्य, दाजु मानकाजी श्रेष्ठको विश्वासपात्रको रुपमा विमानस्थलमा बस्न सफल भएका ठकुरीले बैंकक जाने टिकटमा र्याल चुहाएपछि त्यहाँबाट हुने तस्करीमा समेत आँखा लगाएको प्रहरी प्रधान कार्यालयले आशंका गरेको छ ।
डीआईजी अर्जुन चन्द ठकुरीले तिहार बिदा मनाउन बैंकक आउजाउ गर्ने भन्दै निगमसँग लिखित रुपमा चार वटा हवाई टिकट सित्तैमा मागेका थिए । डीआईजीले लिखित रुपमै सो आग्रह गरेका थिए । लिखित आग्रहको पत्र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीसम्म पुगेपछि सो को खैलाबैला गृहमन्त्री श्रेष्ठ, प्रधानमन्त्री कार्यालय, प्रहरी प्रधान कार्यालय सर्वत्र खबर पुगेको हो ।
पर्यटन मन्त्री किराँतीले निःशुल्क टिकट नदिन आदेश दिएका थिए । उनले प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री स्वंयलाई समेत जानकारी दिदै लोभी डीआईजीको संज्ञा दिएका थिए । मन्त्रीले प्रधानमन्त्रीलाई भनेका थिए, ‘यस्ता लोभीलाई विमानस्थलजस्तो संवेदनशील ठाउँमा राखेर के गर्नु सम्माननीयज्यू ? ५० हजारको टिकटमा त गति छाड्नेले अनि सुन, पानपराग, खैनी, म्यानपावरमा छ्याकन हान्दैनन् ?’
मन्त्रालयले उनलाई सित्तैमा टिकट नदिएपछि भने विमानस्थल ड्युटीमा तैनाथ कर्मचारीलाई हुनसक्ने सुविधा अन्तर्गत न्यूनतम महसुल तिराएर ५० को सट्टा ३२ हजारको दरले सीट बुक गराइएको छ । त्यही डिउटीमा रहेका प्रहरीको नाममा बुक गराउन खोजेको तर एयरलाइन्सले नमानेपछि परिवारकै सदस्यको नाममा चार वटा टिकट बुक गरिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार