नवलपरासीको गोरे घुम्तीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २६, २०८० आइतबार १२:४६:१६
२६ कात्तिक, पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए ।
मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेको पौडेलले बताए । दुर्घटनास्थलमा प्रहरी उद्दारमा खटिएको छ । वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए ।
मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २.४ किलोमिटर उत्तर एस मोडमा घुमाउँदा ब्रेल नलागेर जीप घरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार